खेल


पहिलो खेलमा गोलरहित बराबरीमा रोकिएको पोर्चुगलको दोस्रो खेलमा सानदार जित

रोनाल्डो बने ६ फरक विश्वकपमा गोल गर्ने पहिलो खेलाडी
पहिलो खेलमा गोलरहित बराबरीमा रोकिएको पोर्चुगलको दोस्रो खेलमा सानदार जित

नेपालखबर
असार १०, २०८३ बुधबार ४:५८, काठमाडौँ

फिफा विश्वकप-२०२६ अन्तर्गत गएराति ह्युस्टनमा भएको खेलमा पोर्चुगलले उज्वेकिस्तानलाई ५-० गोलले पराजित गरेको छ। 

खेलमा क्रिस्टियानो रोनाल्डो एक्लैले २ गोल गरे। यो जितसँगै पोर्चुगलको नकआउट चरणमा पुग्ने सम्भावना बलियो बनेको छ। 

यसअघिको पहिलो खेलमा पोर्चुगल डीआर कंगोसँग गोलरहित बराबरीमा रोकिएको थियो। 

गएरातिको खेलमा रोनाल्डोले छैटौँ मिनेटर्म उज्वेकिस्तानविरुद्ध पहिलो गोल गरेका थिए। 

उनले जाओ कानसेलोको पासलाई सदुपयोग गर्दै छैटौँ मिनेटमै गोल गरेपछि उज्वेकिस्तान जबाबमा परेको थियो।

यो गोलसँगै रोनाल्डो ६ फरक विश्वकपमा गोल गर्ने पहिलो खेलाडी पनि बनेका छन्। 

पोर्चुगलको लागि नुनो मेन्डेजले १७ औँ मिनेटमा फ्रिकिकबाट दोस्रो गोल गरे। 

खेलको ३९ औँ मिनेटमा रोनाल्डोले तेस्रो गोल गरे। खेलमा उनको यो दोस्रो र विश्वकप इतिहासमा १० औँ गोल हो। पोर्चुगलकै इसेबाउले विश्वकपमा सर्वाधिक ९ गोल गरेको कीर्तिमानलाई रोनाल्डोले उछिनेका छन्। 

खेलको ६० औँ मिनेटमा उज्वेकिस्तानका नेमाटोभले आत्मघाती गोल गर्दा पोर्चुगल ४ ० को स्थितिमा आयो। पोर्चुगलका वैकल्पिक खेलाडी राफेल लिओले ८७ औँ मिनेटमा पाँचौँ गोल गरे। 

यो हारसँगै उज्वेकिस्तान लगातार दोस्रो खेलमा पराजित भएको छ। पहिलो पटक विश्वकप खेलिरहेको उज्वेकिस्तानले अब डीआर कंगोसँग समूह चरणको आफ्नो अन्तिम खेल खेल्ने छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad