समाज


तीव्र गतिको स्कुटर ट्रकको पछाडि ठोकिँदा १९ र २२ वर्षका युवकको मृत्यु, ट्रक चालक पक्राउ

तीव्र गतिको स्कुटर ट्रकको पछाडि ठोकिँदा १९ र २२ वर्षका युवकको मृत्यु, ट्रक चालक पक्राउ

नेपालखबर
असार ८, २०८३ सोमबार ८:३१, काठमाडौँ

चितवनमा गएराति स्कुटर दुर्घटना हुँदा दुई युवकको मृत्यु भएको छ। 

भरतपुर महानगरपालिका–१५ अतिथि पार्टी प्यालेस नजिकै ट्रकको पछाडि तीव्र गतिको स्कुटर ठोक्किँदा दुई युवाको मृत्यु भएको प्रहरीले जनाएको छ।

भरतपुरबाट रामपुरतर्फ जाँदै गरेको ना.५ ख ५८१६ नम्बरको ट्रकमा सोही दिशातर्फ गइरहेको बा.प्र ०६००४ प ७२४८ नम्बरको स्कुटर पछाडिबाट ठोक्किँदा दुर्घटना भएको प्रहरीले जनाएको छ। 

ज्यान गुमाउनेमा भरतपुर महानगरपालिका-२६ दिव्यनगर बस्ने २२ वर्षीय अशोक भण्डारी र पछाडि सवार लमजुङ घर भई  भरतपुर महानगरपालिका-२० बस्ने १९ वर्षीय राजिब गुरुङ छन्। 

दुर्घटनामा गम्भीर घाइते भएका उनीहरु उपचारको क्रममा बिहान पौने ३ बजे मृत्यु भएको हो। 

दुर्घटनापछि ट्रक चालक मकवानपुर राक्सिराङ गाउँपालिका- ३ बस्ने २७ वर्षीय बाबुलाल थोकरलाई प्रहरीले पक्राउ गरेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad