विश्वकपअन्तर्गत समूह ‘एफ’को जारी खेलमा स्विडेनले ट्युनिसियाविरुद्ध तेस्रो गोल गरेको छ।
स्विडेनका लागि आर्सनल खेलाडी भिक्टर ग्योकर्सले खेलको ५९औँ मिनेटमा तेस्रो गोल थपेका हुन्।
यसअघि अलेक्जेन्डर इसाकले ३०औँ मिनेटमा दोस्रो गोल गरेका थिए भने खेलको सातौँ मिनेटमै यासिन अयारीले गोल गरेर स्विडेनलाई अग्रता दिलाएका थिए।
ट्युनिसियाले भने अहिलेसम्म १ गोल फर्काएको छ।
स्विडेनबाट २ गोल खाइसकेपछि खेलको ४३औँ मिनेटमा ट्युनिसियाका लागि डिफेन्डर ओमार रेकिकले गोल गरेका हुन्।
42
Shares

प्रतिक्रिया