विश्वकपअन्तर्गत समूह सीको खेलमा सोमबार बिहान आइभरीकोस्टले इक्वडेरलाई १–० ले हराएको छ।
जितसँगै आइभरीकोस्टले तीन अंक जोडेको छ।
पहिलो हाफ बराबरीमा टुंगिएको थियो।
दोस्रो हाफपछि पनि खेल बराबरीतर्फ गइरहेका बेला सब्टिच्युट खेलाडीका रूपमा मैदान प्रवेश गरेका अमाद डियालोले ९०औँ मिनेटमा गोल गरेर आइभरीकोस्टलाई विजयी बनाएका हुन्।
पहिलो हाफमा इक्वडेरले दुई प्रहार गरे पनि बल पोस्टमा लागेर फर्कियो।
जितसँगै आइभरीकोस्ट समूह सीको दोस्रो स्थानमा पुगेको छ।
यस समूहमा ३ अंकसहित जर्मनी शीर्ष स्थानमा छ।
यसअघि भएको खेलमा जर्मनीले कुराकाओलाई ७–१ को ठूलो अन्तरले हराएको छ।
इक्वेडर र कुराकाओ अंकविहीन छन्।
78
Shares

प्रतिक्रिया