ओमानमा जारी पाँच देशीय टि–२० क्रिकेट शृंखला अन्तर्गतको आफ्नो तेस्रो खेलमा नेपाल बुधबार आयरल्यान्डविरुद्ध बलिङमा उत्रिएको छ।
अंक तालिकाको तेस्रो स्थानमा रहेको नेपालका लागि रन रेटका आधारमा दोस्रो स्थानमा रहेको आयरल्यान्डलाई पराजित गर्नु चुनौती देखिन्छ। तर, यसअघिका दुवै खेल जितेको नेपाल बलियो आत्मबलका साथ मैदानमा उत्रिएको छ।
यसअघि आइतबार भएको पहिलो खेलमा हङकङलाई पराजित गरेको नेपालले सोमबार नेदरल्याण्डलाई हराएको थियो। उता आयरल्यान्डले हङकङ र नेदरल्याण्डलाई पराजित गरेको थियो भने आयोजक ओमानसँग हार चाखेको थियो।
ओमान क्रिकेटले आयोजना गरेको शृंखलामा नेपाल, आयोजक ओमान, हङकङ, नेदरल्याण्ड र टेष्ट राष्ट्र आयरल्याण्ड रहेका छन्।
यो समाचार तयार पार्दासम्म आयरल्यान्डले ४ ओभरमा १ विकेट गमाएर ३३ रन बनाएको छ। नेपालका सन्दीप लामिछानेले ओ ब्राइनलाई आउट गरेका हुन्।

प्रतिक्रिया