राजनीति


ट्रम्पमाथिको महाभियोग अनुसन्धानमा सहयोग गर्न ह्वाइट हाउस असमर्थ

ट्रम्पमाथिको महाभियोग अनुसन्धानमा सहयोग गर्न ह्वाइट हाउस असमर्थ

नेपालखबर
असोज २२, २०७६ बुधबार ६:१६,

ट्रम्पमाथि महाभियोग अनुसन्धानमा सघाउ पुर्याउन ह्वाइट हाउस असमर्थ भएको छ।

विपक्षी डेमोक्रेटिक पार्टीले अमेरिकी कंग्रेसमा थालेको राष्ट्रपतिविरुद्धको महाभियोगको छानबिनलाई नसघाउने ह्वाइट हाउसले बताएको हो।

ह्वाइट हाउसले एक पत्रमार्फत् महाभियोग अनुसन्धानमा सघाउ पुर्याउन ह्वाइट हाउस असमर्थ भएको बताएको बीबीसीले जनाएको छ।

यो पनि: ट्रम्पविरुद्ध महाभियोगको प्रक्रिया सुरु

सो छानबिनलाई राष्ट्रपटिको कार्यालयले दलीय पूर्वाग्रहपूर्ण तथा असंवैधानिक भनेको छ।

ह्वाइट हाउसका वकिलले डेमोक्रेटिक पार्टीलाई लखेको पत्रमा राष्ट्रपतिमाथि महाभियोगको अनुसन्धान पक्षपातपूर्ण भएको साथै यसमा उचित प्रक्रिया नअपनाइएको जनाइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad