दोस्रो मिनेटमा नै रोमान अजिजले हेडिङ गोल गर्दै ग्रानडालाई अग्रता दिलाएका थिए। यस्तै ६६औं मिनेटमा अल्भेरो भाडिल्लोले पेनाल्टी मार्फत गोल गर्दै ग्रानडालाई २-० को जित दिलाए।
बार्सिलोनाका प्रशिक्षक इर्नेस्टो भेलभर्डेले पहिलो हाफको अन्त्यमा स्टार खेलाडी लियोनल मेस्सी र १६ वर्षका फरवार्ड अंशु फातीलाई मैदान उतारेपनि उनीहरुले प्रभाव देखाउँन सकेनन्।
जितसँगै ५ खेलबाट १० अंक जोडेको ग्रानडा शीर्ष स्थानमा छ भने बार्सिलोना त्यति नै खेलबाट ७ अंक जोडेर सातौं स्थानमा छ।
बार्सिलोनाको यो पछिल्ला २५ बर्षयताकै लिगमा खराब सुरुवात हो। बार्सिलोनाले यस सिजनका सुरुवाति ५ खेलमध्ये २ मा पराजय भोगेको छ।
१९९४-९५ पछि पछिल्लो ५ सिजनमा ४ पटकको लिग विजेता बार्सिलोनाले यस सिजनमा खराब सुरुवात गरेको हो।
3
Shares

प्रतिक्रिया