आज (आइतबार) देशैभर मौसम बदली र केही स्थानमा वर्षा हुने मौसमविद्ले अनुमान गरेका छन्।
मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् गंगा नगरकोटीका अनुसार आज भारी वर्षाको सम्भावना भन छैन।
‘तैपनि आइसुलेटेड (वर्षा भइराख्ने स्थान) एक/दुई ठाउँमा ठूलो पानी पर्न पनि सक्छ,’ नेपालखबरसँग उनले भनिन्।
आज दिउँसो तथा राति पनि देशका केही स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षाको सम्भावना रहेको उनले जानकारी दिइन्।
मौसम महाशाखाका अनुसार यतिबेला देशका अधिकांश स्थानमा सामान्य बदली छ भने केही ठाउँमा मेग गर्जनसहित वर्षा भैरहेको छ।
काठमाडौं उपत्यकामा पनि अहिले मौसम बदली छ। दिउँसोतिर वर्षा हुने सम्भावना रहेको मौसमविद् नगरकोटीले बताइन्।
‘भोलि (सोमबार) बाट भने मौसम सुधार हुने सम्भावना छ,’ उनले भनिन्।

प्रतिक्रिया