खेल


महबुब आलमले एसियन लिजेन्ड्स लिग खेल्ने

महबुब आलमले एसियन लिजेन्ड्स लिग खेल्ने

नेपालखबर
साउन १२, २०८३ मंगलबार १२:३९, काठमाडौँ

नेपाली क्रिकेटर मेहबुब आलम प्रतिष्ठित एसियन लिजेन्ड्स लिग सिजन-२ मा सहभागी हुने भएका छन्। 

संयुक्त अरब इमिरेटस्थित वर्ल्ड स्पोर्ट्स ग्रुपको आयोजनामा ३० जुलाईदेखि १० अगस्टसम्म जाम्बियामा प्रतियोगिता हुँदै छ। उनी २९ जुलाईमा जाम्बियातर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको जनाइएको छ। 

आलम एसियन स्टार्स टोलीबाट एसियन लिजेन्ड्स लिग सिजन-२  खेल्नेछन्। यस टोलीको कप्तानी श्रीलंकाका पूर्वकप्तान तिलकरत्ने दिलशानले गर्दै छन्। 

आलमले सन् २००८ मा आईसीसी वर्ल्ड क्रिकेट लिग डिभिजन-५ अन्तर्गत मोजाम्बिकविरुद्ध ७.५ ओभरमा १२ रन खर्चेर १० विकेट लिएर विश्व क्रिकेटमा इतिहास रचेका थिए। सीमित ओभरको अन्तर्राष्ट्रिय क्रिकेटमा एक्लैले विपक्षी टोलीका सबै १० विकेट लिने उनी पहिलो खेलाडी बनेका थिए, जसका कारण उनको नाम गिनिज वर्ल्ड रेकर्ड्स मा रहेको छ।

एसियन लिजेन्डस लिगमा चर्चित क्रिकेटरहरू युसुफ पठान, अम्बाती रायुडु, शकिब अल हसन, उपुल थरंगा, तिलकरत्ने दिलशानलगायत सहभागी हुँदै छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad