राजनीति


अर्थबाट कसैको पनि तलबमान स्वीकृत भएको छैन, अफवाह नफैलाऔँ: शिक्षामन्त्री

अर्थबाट कसैको पनि तलबमान स्वीकृत भएको छैन, अफवाह नफैलाऔँ: शिक्षामन्त्री

नेपालखबर
साउन ११, २०८३ सोमबार २१:५८, काठमाडौँ

शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले शिक्षकहरूको प्रोत्साहन भत्ताको विषयमा अफवाह नफैलाउन अनुरोध गरेका छन्। 

आज (सोमबार) फेसबुकमार्फत् उनले प्रोत्साहन भत्ताका विषयमा बजेटमार्फत् नै सैद्धान्तिक व्यवस्था भइसकेकाले अनावश्यक अफवाह नफैलाइदिन आग्रह गरेका हुन्।

‘प्रोत्साहन भत्ता उपलब्ध गराउने सैद्धान्तिक व्यवस्था बजेटमार्फत नै भइसकेको हो। तर अर्थ मन्त्रालयबाट तलबमान स्वीकृत भएर आएको छैन,’ उनले फेसबुकमा लेखेका छन्, ‘यो अवस्था शिक्षकहरूको मात्र होइन, निजामती कर्मचारीहरूको हकमा पनि उस्तै छ। अनावश्यक अफवाह नफैलाइदिनुहुन सबैमा अनुरोध गर्दछु।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad