नेपाल भलिबल लिग (एनभीएल) को पहिलो संस्करणको अक्सन आइतबार सम्पन्न भएको छ।
भदौ १२ देखि २१ सम्म हुने एनभीएलको अक्सन होटल रोयल टुलिपमा भएको थियो।
एनभीएलमा सगरमाथा स्म्यासर्स, मधेस वारियर्स, काठमाडौँ रेड्स, अन्नपूर्ण स्पाइकर किङ्स, कर्णाली शिवराज र खप्तड फाल्कन्स सुदूरपश्चिमले प्रतिस्पर्धा गर्दैछन्।
अक्सनबाट हरेक टोलीले ७ जनाका दरले खेलाडी किनेका छन्। वर्ग ‘ए’ बाट ४ जना र ‘बी’ बाट ३ जना खेलाडी अनुबन्ध गरेका हुन्।
खप्तड फाल्कन्स
खप्तड फाल्कन्सले क्याटेगोरी ‘ए’ बाट सरोज बर्देवा (१ लाख २० हजार), इन्द्र बिक (एक लाख) प्रेमप्रसाद गौतम (एक लाख २० हजार) र विपास थापा (एक लाख) लाई खरिद गरेको छ।
त्यस्तै ‘बी’ बाट नवराज थापामगर (५० हजार), पारस बोहोरा (७० हजार) र नवराज धामी (५० हजार) लाई अनुबन्ध गरिएको हो।
कर्णाली शिवराज
त्यस्तै ‘बी’ बाट सन्दीप लुहार, बलराम गुरुङ र सुनिल ठकुल्लालाई समान ५० हजारमा खरिद गरिएको छ।
कर्णाली रेड्स
कर्णाली रिड्सले क्याटेगोरी ‘ए’ बाट बलदेवसिंह धामीलाई एक लाख, सन्तोष विक, सन्तोष राई र चिरञ्जीवी खड्कालाई समान १ लाख २० हजारमा अनुबन्ध गरेको छ।
त्यस्तै ‘बी’ बाट दीपेश कुँवर (५० हजार), पुस्करसिंह धामी (७० हजार) र जीतबहादुर ढुंगेल (७० हजार) लाई अनुबन्ध गरिएको हो।
अन्नपूर्ण स्पाइकर किङ्स
क्याटेगोरी ‘ए’ बाट राजेन्द्र धामी र सुरेन्द्र खत्रीलाई समान एक लाख २० हजारमा अनुबन्ध गरेको अन्नपूर्ण स्पाइकर किङले रवि केसी र विवश अधिकारीलाई समान एक लाखमा खरिद गरेको हो।
त्यस्तै ‘बी’ बाट विवश आले, जितबहादुर सार्की र देवरनन मगरलाई समान ५० हजार रूपैयाँमा अन्नपूर्णले खरिद गरेको छ।
सगरमाथा स्म्यासर्स
सगरमाथा स्म्यासर्सले क्याटेगोरी ‘ए’ बाट भीमबहादुर गाहा (एक लाख), सुवास कुँवर (एक लाख २० हजार), रुपेन्द्र नेपाली (१ लाख ५ हजार) र दीपकराज जोशी (एक लाख) लाई खरिद गरेको छ।
त्यस्तै ‘बी’ बाट रमेश बम, सन्जोग परियार र रेशम छन्त्याललाई समान ५० हजारमा अनुबन्ध गरिएको छ।
मधेस वारियर्स
मधेस वारियर्सले क्याटेगोरी ‘ए’ बाट सन्तोष महता (एक लाख २० हजार), रामविनय यादव (एक लाख), धनबहादुर भट्ट क्षेत्री (एक लाख २० हजार) र राजन थापा (एक लाख) लाई खरिद गरेको छ।
त्यस्तै ‘बी’ बाट विप्सन शाही ठकुरीलाई ७० हजारमा खरिद गरेको मधेस वारियर्सले सन्जुविक्रम शाह र रविन रसाइलीलाई समान ५० हजारमा खरिद गरेको हो।
Shares

प्रतिक्रिया