छापा खबर


प्रधानमन्त्रीले उद्घाटन गरेका विजुली बस ११ महिनादेखि ग्यारेजमै

प्रधानमन्त्रीले उद्घाटन गरेका विजुली बस ११ महिनादेखि ग्यारेजमै

नेपालखबर
असोज ५, २०७६ आइतबार २:५,

प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका ५ वटा विद्युतीय बस ११ महिनादेखि ग्यारेजमै थन्किएका छन् ।

प्राविधिक परीक्षणका क्रममा गुणस्तरहीन भेटिएका यी बस उद्घाटन गरेको भोलिपल्टदेखि नै बेकम्मा छन् । प्रधानमन्त्री ओली गत कात्तिक ७ मा हरिहर भवनबाट विद्युतीय बस चढेर सिंहदरबारसम्म गएका थिए ।

सरकारले गुणस्तरहीन ती बस फिर्ता गर्न निर्देशन दिए पनि आपूर्तिकर्ता कम्पनी बीवाईडी साइमेक्सले नटेरेको खबर आजको कान्तिपुर दैनिकमा बलराम बानियाँले लेखेका छन्।

टेन्डर आह्वान गरी चीनबाट खरिद गरेको भनिएका बस भारतमा बनेको र गुणस्तरहीन पाइएपछि सरकारले गत मंसिरमै फिर्ता गर्न निर्देशन दिएको थियो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले भुक्तानीसमेत रोकी ती बस फिर्ता गरी टेन्डरमा तोकिएको स्पेसिफिकेसनअनुरूपका चीनमा निर्मित विद्युतीय बस ल्याउन निर्देशन दिँदै आएको छ ।

बीवाईडीले आफ्नै खर्चमा बसमा रहेका प्राविधिक कमीकमजोरी सुधार गरिदिने आश्वासन दिँदै तिनैलाई स्वीकार गर्न सरकारलाई दबाब दिँदै आएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad