खेल


पाकिस्तानविरुद्ध विराट कोहलीको अर्धशतक

पाकिस्तानविरुद्ध विराट कोहलीको अर्धशतक

एजेन्सी
असार १, २०७६ आइतबार १२:३२,

आइसिसी क्रिकेट विश्वकप अन्तर्गत जारी खेलमा भारतका कप्तान विराट कोहलीले पाकिस्तान विरुद्ध अर्धशतक प्रहार गरेका छन्। 

विराटले ५१ बलमा ३ चौका प्रहार गर्दै अर्धशतक पूरा गरेका हुन्। यो कोहलीको वान डे करिअरको ५१औं अर्धशतक समेत हो। 

कोहलीले वान डेमा ४१ शतक प्रहार गरेका छन्। वान डेमा उनले ११ हजार ७ सय रन पूरा गरिसकेका छन्। 

पाकिस्तानविरुद्धको जारी खेलमा यसअघि भारतका रोहित शर्माले शतक तथा केएल राहुलले अर्धशतक प्रहार गरिसकेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .