ad ad

खेल


भैरहवा ग्लाडियटर्सकाे प्रशिक्षकमा पुबुदु दासानायके

भैरहवा ग्लाडियटर्सकाे प्रशिक्षकमा पुबुदु दासानायके

नेपालखबर
भदौ १७, २०७६ मंगलबार ११:१६,

अघिल्लो सिजनको उप विजेता रहेको भैरहवाले यस सिजनमा प्रतियोगिताको उपाधि उचाल्ने लक्ष्यसहित पुबुदुलाई प्रशिक्षकमा नियुक्त गरेको हो।

शरद भेषावकरको कप्तानीमा रहेको भैहरवाले मंगलबार एक विज्ञप्ति जारी गर्दै पुबुदुलाई प्रशिक्षकमा नियुक्त गरेको जानकारी दिएको छ।

प्रशिक्षकमा नियुक्त भएपछि पुबुदुले नेपाल सधैँ आफ्नो हृदयको नजिक रहेको बताएका छन्।

यो पनि: अपांगता उछिन्दै विश्व च्याम्पियनसीपमा सरिता र भीम 

‘म भैरहवा ग्लाडियर्टससँग जोडिन पाउँदा उत्साहित छु,’ पुबुदुले भने, ‘नेपाल जहिलेपनि मेरो हृदयको नजिक रह्यो। पुनः नेपाल फर्कने अवसर दिएकोमा धन्यवाद दिन चाहान्छु। र, जहाँ जसरी भएपनि नेपाली क्रिकेटलाई सहयोग गरिरहनेछु।’

भैरहवाको अगामी सिजनका लागि मुख्य प्रशिक्षकमा नियुक्त भएका दासानायकेले प्रशिक्षकत्व सम्हाले लगत्तै नेपालले सन् २०१३ को आइसीसी विश्व क्रिकेट लिग डिभिज तीनको उपाधि जितेको थियो। लगत्तै नेपालले उनकै प्रशिक्षकत्वमा इतिहासमै पहिलो पटक २०१४ मा आइसीसी टि–२० विश्वकप खेलेको थियो।

‘लिजेन्ड व्यक्तित्वलाई मुख्य प्रशिक्षकको रुपमा पाउँदा हामी गौरम्वाम्ति छौं,’ क्लबका मालिक आदित्य संघाईले विज्ञप्तिमा भनेका छन्, ‘हाम्रो क्लबलाई मात्रै नभएर नेपाली क्रिकेटको विकासमा नै पुबुदुको आगमनले भुमिका खेल्ने विश्वास लिएको छु।’

यस्तै टोलीका कप्तान शरद भेषावकरले पुबुद नेपाली टोलीको मुख्य प्रशिक्षकमा नियुक्त हुदा उनले आफ्नो कार्यकाललाई नेपाली क्रिकेटको टर्निङ प्वाइन्टका रुपमा प्रमाणित गरिसकेको बताउँदै खुशी व्यक्त गरेका छन्।

‘पुबुदु दासले आफ्नो कार्यकालमा नेपाली क्रिकेटको टर्निङ प्वाइन्ट बनाउँदै प्रमाणित गरिसकेका छन्,’ शरदले भने, ‘नेपाली क्रिकेटमा धेरै योगदान पुर्याएका लिजेन्ड व्यक्तित्वलाई भैरहवाको प्रशिक्षकको रुपमा पाउँदा म औधी खुशी छु। हामीसँग दुई सिजनको उपविजेताको ट्रफी छ। यसवर्ष हामीलाई सायद पुबुदु सरले च्याम्पियन बनाउँनेछन्।’

क्लबले पुबुदुलाई प्रशिक्षकमा नियुक्त गर्नुका साथै आन्तरिक तयारी पनि थालेको जनाएको छ। विदेशी खेलाडी, प्रशिक्षकहरु तथा प्रायोजकहरु जुटाउने कार्य भइरहेको विज्ञप्तिमा जनाइएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .