ad ad

खेल


यूरोकपबाट बाहिरियो पोर्चुगल, रोनाल्डोको सपना अधुरै

यूरोकपबाट बाहिरियो पोर्चुगल, रोनाल्डोको सपना अधुरै

नेपालखबर
असार १३, २०७८ आइतबार २३:३८,

थोर्गन हाजार्डको एकमात्रै निर्णायक गोल मद्दतमा यूरोकप २०२० को अन्तिम १६ मा बेल्जियमले पोर्चुगललाई  १-० गोलअन्तरले स्तब्ध पारेको छ।

जितसँगै बेल्जियमले क्वार्टरफाइनलमा इटालीसँगको भेट पक्का गर्दा साविक विजेता पोर्चुगल भने प्रतियोगिताबाट बाहरिएको छ।   

पहिलो हाफको ४२औं मिनेटमा २५ यार्डबाट सुन्दर गोल गर्दै हाजार्डले बेल्जियमको पहिलो मुख्य उपाधि जित्ने सपनामा इट्टा थपेका हुन।

यसअघि प्रतियोगितामा पाँच गोल गर्दै सर्वाधिक स्कोरर रहेका पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले भने खेलमा कुनै गोल गर्न नसकेपछि उनको सवार्धिक अन्तर्राष्ट्रिय गोलकर्ता बन्ने सपना पनि अधुरै रहेको छ।

अघिल्लो खेलमा आफ्नो अन्तर्राष्ट्रिय गोलसंख्या १०९ पुर्याएका थिए। एक गोलमात्रै गरेको भए उनी इरानका अली दाईलाई पछि पार्दै सर्वाधिक गोलकर्ता बन्थे।  

तर रोनाल्डोसँगै डियगो जाटाको प्रहार, रुबेन डाइजको हेडरले मौका पाएपनि गोल भने भएन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .