खेल


नेदरल्यान्डविरुद्ध चेक रिपब्लिककाे जित, क्वार्टरफाइनलमा डेनमार्कसँग भिड्ने

नेदरल्यान्डविरुद्ध चेक रिपब्लिककाे जित, क्वार्टरफाइनलमा डेनमार्कसँग भिड्ने

नेपालखबर
असार १३, २०७८ आइतबार १८:२७,

युरोपियन च्याम्पियनसिपको क्वार्टरफाइनलमा चेक रिपब्लिक र डेनमार्क भिड्ने भएका छन्। 

शनिबार राति भएको राउण्ड अफ १६ को तेस्रो खेलमा नेदरल्याण्डलाई २–० गोल अन्तरले हराउँदै चेक रिपब्लिक क्वार्टरफाइनलमा प्रवेश गरेको हो। 

नेदरल्याण्डलाई हराएसँगै चेकले डेनमार्कसँगको भेट पक्का गरेको छ।

डेनमार्कले शनिबार वेल्सलाई ४-० गाेलको फराकिलो अन्तरले हराएको थियाे। उक्त जितसँगै डेनमार्कले क्वार्टरफाइनलमा स्थान पक्का गरेको थियो ।

निकै प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। 

चेकले दुवै गोल दोस्रो हाफमा गर्यो। खेलको ६८औँ मिनेटमा थोमस होल्सले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए। 

खेलको ८०औँ मिनेटमा प्याट्रिक सिकले गोल गर्दै अग्रता दोब्बर पारे। त्यसपछि खेलमा थप गोल सकेन र चेकले नेदरल्याण्डलाई हरायो। 

आजै राति हुने दोस्रो खेलमा बेल्जियम र पोर्चुगल भिड्दै छन्। 

खेल ला कार्टुजा स्टेडियम सेभियामा मध्यराति पौने १ बजे हुनेछ।  

आजको दोस्रो खेलको विजेताले क्वार्टरफाइनलमा आगामी शुक्रबार इटालीसँग खेल्नेछ। 

इटालीले भने राउण्ड अफ १६ को दोस्रो खेलमा अष्ट्रियालाई २–१ गोल अन्तरले हराउँदै अन्तिम ८ मा स्थान बनाएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .