खेल


फ्रान्सको नयाँ प्रशिक्षकमा जिनेदिन जिदान

फ्रान्सको नयाँ प्रशिक्षकमा जिनेदिन जिदान

नेपालखबर
साउन ५, २०८३ मंगलबार १४:५२, काठमाडौँ

फ्रान्सको नयाँ प्रशिक्षकमा जिनेदिन जिदान नियुक्त भएका छन्। 

फ्रान्सले आगामी सन् २०३० जुनसम्मका लागि टोलीको मुख्य प्रशिक्षकमा निदानलाई नियुक्त गरेको हो। जिदानले अब सन् २०२७ को नेसन्स लिग, २०२८ को युरो र २०३० को विश्वकपसम्म फ्रान्सको मुख्य प्रशिक्षक भएर काम गर्नेछन्। 

विश्वकप २०२६ मा फ्रान्सको टोली डिडियर डेसच्याम्सले हेरेका थिए। उनको प्रशिक्षणमा रहँदा फ्रान्स विश्वकपमा चौथो स्थानमा रह्यो। 

विश्वकप २०२६ को सेमिफाइनलमा फ्रान्स स्पेनसँग २-० ले पराजित भएको थियो। समूह चरण र नकआउटमा उच्च लयमा रहेको फ्रान्सले सेमिफाइनल र तेस्रो स्थानका लागि भएको खेलमा उत्कृष्ट प्रदर्शन गर्न सकेन। 

नवनियुक्त फ्रान्सेली प्रशिक्षक ५४ वर्षीय जिदानले सन् २०२१ मा रियल मड्रिड छाडेपछि कुनै पनि टोली सम्हालेका छैनन्। रियलमा रहँदा उनले सन् २०१६ देखि २०१८ सम्म तीन यूईएफए च्याम्पियन लिग, दुई ला लिगा र अन्य घरेलु तथा अन्तर्राष्ट्रिय उपाधि जितेका थिए। 

फ्रान्सेली फुटबल संघले अहिलेसम्म कुनै औपचारिक जानकारी नदिए पनि उनले फ्रान्सेली टोली हेर्ने सम्झौता गरिसकेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad