विगत एक दशकदेखि मोटर स्पोर्ट्समा संलग्न नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा नेपाल) ले मोटर स्पोर्ट्सकै नवीनतम कार्यक्रम लिएर उपस्थित भएको छ।
मोटर स्पोर्ट्सको विश्व गभर्निङ्ग बडी फेडेरेसन इन्टरनेशनाले डी आई अटोमोबाइल (एफआईए)को सहयोग तथा मोटर स्पोर्ट्सको विश्व विख्यात ब्रान्ड फर्मुला वानको अभियान एफ१ इन स्कुल्स’ को नेपाली भर्सन स्कुल्स टु ट्राक सुरु गर्न लागिएको हो ।
नेपालका स्कुल÷कलेजका २०० विद्यार्थीमाझमा चलाइने यो अभियानको सुरुवाती चरणमा स्टेम च्यालेन्जअन्तर्गत एफ१ इन स्कुल्ससम्बन्धी तालिम दिइनेछ भने फाइनल राउण्डमा ३० जनाको प्रयोगात्मक तालिम र जुनियरस्तरको कार्टिङ्ग प्रतियोगिता आयोजना गरिने नासाले जनाएको छ।
इन्जिनियरिङ्ग तथा व्यवस्थापन कलेजका महिला विद्यार्थीहरुबीच हुने सो अभियान यही जुनदेखि आगामी डिसेम्बरसम्म सञ्चालन गरिनेछ।
कुल ९५ लाख खर्च लाग्ने सो अभियानमा एफआईएको तर्पmबाट ७० लाख रुपैयाँबराबरको आर्थिक तथा प्राविधिक सहयोग हुनेछ भने बाँकी रकम नासा नेपाल, सम्बन्धित कलेज तथा स्पोन्सरहरुबाट उठाइनेछ।
Shares

प्रतिक्रिया