कारोबार


नर्डिक देशहरुमा फैलिँदै जेनिस सोलुसन

नर्डिक देशहरुमा फैलिँदै जेनिस सोलुसन

नेपालखबर
असार ११, २०७८ शुक्रबार ८:३७,

बेलायतमा मुख्यालय रहेको ‘क्लाउड कन्सल्टिङ प्रोभाइडर’ कम्पनी जेनिस सोलुसनले नर्डिक देशहरुमा आफ्नो सेवा विस्तार गर्ने भएको छ।

बुधबार औपचारिक घोषणा गर्दै कम्पनीले फिनल्याण्डको राजधानी हेलसिन्कीमा कार्यालय रहने गरी नर्डिक देशहरुमा आफ्नो सेवा विस्तार गर्ने जनाएको छ। यो कम्पनी अमेजन वेब सर्भिस, गुगल र माइक्रोसफ्टको आधिकारिक साझेदार हो।

संसारका विभिन्न आठ स्थानबाट सेवा प्रवाह गरिरहेको यो कम्पनीले बेलायत, भारत, पाकिस्तान, बंगलादेश र नेपालको सफल अनुभवपछि फिनल्याण्डबाट नर्डिक क्षेत्रमा पनि सेवा विस्तार गर्न लागिएको बताएको छ।

डिजिटल दुनियाँप्रति फिनल्याण्डको आकर्षण जेनिसको उद्धेश्यसँग मिल्ने भएकाले हेलसिन्कीबाट सेवा विस्तार गर्दा ग्राहक बढ्ने र बजारसँग पहुँच पुग्ने आशा कम्पनीले राखेको छ। संसारैभरी व्यवसाय सञ्चालन र सेवा विस्तारको सञ्जाल बढाउने उद्धेश्य अन्तर्गत नै नर्डिक क्षेत्रमा सेवा बिस्तार गरिएको हो।

‘नर्डिक क्षेत्रमा सेवा विस्तार गर्न पाउँदा र त्यहाँका संस्थाहरुलाई डिजिटल रुपान्तरण तर्फको हाम्रो विशिष्ट सुविधा उपलब्ध गराउन पाउँदा हामी उत्साहित छौं”, जेनिस सोलुसनकी संस्थापक एवं ग्लोलब सीटीओ अञ्जनी फुयाँलले भनिन्।

‘जीएस नर्डिक ओय’ मार्फत जेनिसले अमेजन वेब सर्भिस, गुगल, अलिबाबा क्लाउडजस्ता विश्वव्यापी क्लाउड सेवा प्रदायकहरुसँग मिलेर आफ्नो सेवा विश्वव्यापी बनाउने उद्धेश्य राखेको छ। यो सेवा विस्तारबाट नर्डिक क्षेत्रका उपभोक्ताले उच्च गुणस्तर र न्युन लागतको सफ्टवेयर डिभलपमेन्ट, क्लाउड माइग्रेसन्स, एसइओ, इमेल सेवा र इन्टरनेट सुरक्षा लगायतका सेवा पाउनेछन्।

‘जीएस नर्डिक ओय’को नेतृत्व लार्स नेभलइननले प्रमुख कार्यकारी अधिकृत (सीइओ) र लउरा कर्पानेनले प्रमुख बजार अधिकारी (चिफ मार्केटिङ अफिसर)को रुपमा गर्नेछन्।

लार्सले वित्तीय प्रविधिका विज्ञका रुपमा १६ वर्षभन्दा बढीको अनुभव हासिल गरिसकेका छन्। फिनल्याण्डका दुवै स्टार्टअप समुदाय र कर्पोरेसनहरुलाई इन्टिलिजेन्ट फिनेन्सियल र डेटा अनलिटिक्स मोडल्स अपनाउँदै डिजिटल रुपान्तरण गर्न सघाएको अनुभव छ उनीसँग।

त्यस्तै लउराले बजार र सञ्चार क्षेत्रमा एक दशकभन्दा बढीको अनुभव हासिल गरेकी छन्। उनले कुशल नेतृत्वको रेकर्ड राखेकी छन्।

विश्वव्यापी रहेको क्षमतावान नेतृत्व र निपुण टिममार्फत् जेनिस नोर्डिकले नोर्डिक क्षेत्रमा डिजिटल क्षेत्रको व्यापक वृद्धिका लागि ठूलो योगदान गर्नेछ।

‘सीईओको रुपमा जेनिससँग यो महङ्खवपूर्ण कार्यमा जोडिन पाउँदा म साँच्चिकै एकदमै उत्साहित छु। हाम्रो क्षमता र सेवामार्फत् नर्डिक क्षेत्रको बजारमा ठूलो आमूल वृद्धि गर्न सक्नेछौं भन्नेमा हामी विश्वस्त छौं’, लार्स नेभलइननले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad