खेल


नर्थ मेसेडोनियाका कप्तान गोरानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

नर्थ मेसेडोनियाका कप्तान गोरानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

नेपालखबर
असार ८, २०७८ मंगलबार ७:५६,

नर्थ मेसेडोनियाका कप्तान गोरान पाण्डेभले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिएका छन्।

कप्तान गोरानले युरोकपमा नेदरल्याण्ड्ससँगको खेलपछि अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास घोषणा गरेका हुन्।

३७ वर्षीय पाण्डेभको कप्तानीमा टोलीले पहिलो पटक युरोकप खेल्दा तीनै खेलमा पराजित भएको थियो।

अन्तिम खेलमा दुवै टोलीका खेलाडीसँगै दुवै टोलीमा समर्थकहरुले आफ्नो ठाउँबाट ‘स्ट्यान्डिङ ओभिएसन’ दिएका थिए।

नर्थ मेसेडोनियाले पहिलो खेलमा अष्ट्रियासँग ३–१ ले तथा युक्रेनसँग २–१ ले तथा अन्तिम खेलमा नेदरल्याण्ड्ससँग ३–० ले पराजित भएको थियो।

goran pandev2021b

कप्तान गोरान नर्थ मेसेडोनियाबाट ठूलो प्रतियोगितामा गोल गर्ने पहिलो खेलाडी समेत बने।

उनले अष्ट्रियाविरुद्धको खेलमा २८औँ मिनेटमा गोल गरेका थिए। योसँगै उनी युरोपियन च्याम्पियनसिपमा गोल गर्ने सर्वाधिक उमेरका दोस्रो भेट्रान खेलाडी बने।

फरवार्ड पाण्डेभले २००१ मा विश्वकप छनोटमा टर्कीविरुद्धको खेलबाट सिनियर टोलीमा डेब्यु गरेका थिए।

उनले २००१ देखि २०२१ सम्म नर्थ मेसेडोनियाबाट १२२ खेल खेल्दै ३८ अन्तर्राष्ट्रिय गोल गरेका छन्।

goran pandev2021d

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad