कारोबार


चीनले बैंकहरुलाई भन्यो– डिजिटल मुद्राजन्य कारोबार रोक्नु

चीनले बैंकहरुलाई भन्यो– डिजिटल मुद्राजन्य कारोबार रोक्नु

नेपालखबर
असार ८, २०७८ मंगलबार ७:४३,

चीनले आफ्नो देशका सबै बैंकहरुलाई डिजिटल (भर्चुअल) मुद्राजन्य कारोबार रोक्न निर्देशन दिएको छ।

यसअघि नै क्रिप्टोकरेन्सीमाथि कडाइ गरेको चीनले बैंकहरुलाई यस्ता कारोबारलाई सहयोग नगर्न भनेको बीबीसीले जनाएको छ।

योसँगै चिनियाँ बैंक र भुक्तानी सेवाप्रदायक बिटक्वाइनलगायतका भर्चुअल मुद्रासँग सम्बन्धित गतिविधिबाट वञ्चित भएका छन्।

चीनले सिचुवान प्रान्तमा बिटक्वाइन माइनिङ अपरेसन समेत बन्द गर्न गत शुक्रबार निर्देशन दिएको थियो।

यो समाचारसँगै सोमबार बिटक्वाइनको मूल्य १० प्रतिशतभन्दा धेरैले घटेको थियो। तर मंगलबार भने एसियन ट्रेडिङमा केही सुधार भएको बताइएको छ।

अप्रिलमा ६३ हजार अमेरिकी डलर प्रतिबिटक्वाइन मूल्य पुगेपछि ओरालो लाग्ने क्रममा हालसम्म ५० प्रतिशतले यसको मूल्य गिरावट भएको छ।

सोमबार चिनियाँ केन्द्रीय बैंक (पिपल्स बैंक अफ चाइना) ले भर्खरै धेरै मुख्य बैंक र भुक्तानी सेवाप्रदायकलाई क्रिप्टोकरेन्सी ट्रेडिङमा कडा कदम चाल्न सचेत गराएको जनाएको छ।

केन्द्रीय बैंकले यसबाट ट्रेडिङका रुपमा वस्तु वा सेवाको कारोबार नगर्न भनेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad