खेल


स्लोभाकियालाई भारी पर्नसक्छन् पोल्यान्डका लेवान्डोस्की, कुन टोली कस्ता?

स्लोभाकियालाई भारी पर्नसक्छन् पोल्यान्डका लेवान्डोस्की, कुन टोली कस्ता?

नेपालखबर
जेठ ३१, २०७८ सोमबार ८:२१,

यूईएफए युरोकपमा आज सोमबार नाम चलेका ठूला खेलाडीहरु मैदान उत्रिँदै छन्।

१६औँ संस्करणको युरोकपमा आज समूह ‘डी’को एक र समूह ‘ई’को दुई गरी हुने तीन खेलमा चर्चित खेलाडीबीच भीडन्त हुनलागेको हो।

नेपाली समयअनुसार सोमबार साँझ ६ः४५ बजे स्कटल्याण्डले चेक रिपब्लिकसँग भेट गर्दा राति ९ः४५ बजे पोल्याण्डले स्लोभाकियासँग र मध्यराति १२ः४५ बजे स्पेनले स्विडेनसँग भिड्नेछ।

स्कटल्यान्डविरुद्ध चेक रिपब्लिक

scotvsczech1

पहिलो खेलमा समूह ‘डी’मा रहेका स्कटल्याण्ड र चेक रिपब्लिक भिड्दै छन्। दुवै टोली जित निकाल्दै सुखद सुरुवात गर्न चाहन्छन्।

स्कटल्यान्ड सन् १९९८ पछि यो क्षण पर्खिरहेको छ। २३ वर्षपछि ठूलो प्रतियोगिता खेल्न आतुर स्कटल्याण्ड घरेलु मैदानमा सुखद सुरुवात गर्दै यसलाई यादगार बनाउन चाहन्छ।

यी दुई टोलीबीच अहिलेसम्म ९ भेट भएको छ। त्यसमा समान ४ पटक स्कटल्यान्ड र चेक रिपब्लिकले जित निकालेका छन्। एक खेल भने २–२ गोलको बराबरीमा सकिएको छ।

यी दुई टोलीको पछिल्ला ३ खेलमा स्कटल्यान्डले लगातार बाजी मारेको थियो। सन् २०१६ मा भएको मैत्रीपूर्ण खेलमा स्कटल्यान्ड १–० ले विजयी भएको थियो।

२०२० को सेप्टेम्बरमा भएको युईएफए नेसन्स लिगमा स्कटल्याण्डले २–१ तथा अक्टोबरमा भएको खेलमा १–० ले चेक रिपब्लिकलाई हराएको थियो।

पोल्यान्डविरुद्ध स्लोभाकिया

polandvsslovakia2021

आजै हुने दोस्रो खेलमा पोल्याण्ड र स्लोभाकिया आमनेसामने हुँदै छन्।

समूह ‘ई’मा रहेका पोल्यान्ड र स्लोभाकिया राति पौने १० बजे भिड्नेछन्। ९ वर्षअघि सन् २०१२ को युरोकपमा ओपनिङ गोल गरेका रोबर्टो लेवान्डोस्कीको महत्व बढिरहेको छ। जर्मन क्लब बायर्न म्युनिखका फरवार्ड लेवान्डोस्की आजको खेलमा पोल्यान्डको मुुख्य हतियार हुनेछन्।

लेवान्डोस्कीलाई रोक्न स्लोभाकियाको लागि मुस्किल पर्नसक्छ। सोही कारण आज लेवान्डोस्कीलाई रोक्ने रणनीतिमा नै टोली मैदान उत्रिनेछ।

पोल्यान्ड र स्लोभाकिया सन् २०१३ पछि आमनेसामने हुनलागेका हुन्। यी दुई टोलीको पछिल्लो भेट मैत्रीपूर्ण फुटबलमा भएको थियो। जुन खेल स्लोभाकियाले २–१ ले जितेको थियो।

त्यसअघि सन् १९९५ को यूईएफए युरोपियन च्याम्पियनसिपमा यी दुई टोली भेटेका थिए। त्यो बेला जुनमा भएको पहिलो भेटमा पोल्यान्डले ५–० ले जित हात पारेको थियो। अक्टोबरमा भएको दोस्रो भेटमा स्लोभाकियाले ४–१ ले नतिजा आफ्नो पक्षमा पारेको थियो।

स्पेनविरुद्ध स्विडेन

spainvssweden2021

मध्यराति पौने १ बजे हुने खेलमा स्पेन र स्विडेन खेल्नेछन्।

सन् २००८ र २०१२ मा लगातार युरोपियन च्याम्पियनसिपको उपाधि उचालेको स्पेन आफ्नो छविलाई कायम राख्दै अघि बढ्न चाहन्छ।

युरोपियन फुटबलमा यी दुई चिरप्रतिद्वन्द्वी टोली हुन्। यी दुई टोलीबीच हालसम्म १४ पटक भेट भएको छ। सो भेटमा स्पेनले ६ पटक बाजी मार्दा ३ खेल गुमाएको छ भने ५ खेल बराबरीमा टुंगिएको छ।

सन् २०१९ मा भएको यूईएफए च्यम्पियनसिपको पहिलो खेलमा स्पेनले ३–० को जित निकाल्दा अर्को खेल १–१ गोलको बराबरीमा टुंगिएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad