खेल


अल्जेरियाविरुद्ध मेसीको ह्याट्रिक (तस्बिरहरू)

अल्जेरियाविरुद्ध मेसीको ह्याट्रिक (तस्बिरहरू)

फाइल फोटो


नेपालखबर
असार ३, २०८३ बुधबार ८:२७, काठमाडौँ

अर्जेन्टिनाले अल्जेरियाविरुद्ध तेस्रो गोल गरेको छ। 

अर्जेन्टिनी कप्तान लियोनल मेसीले खेलको ७६  मिनेटमा तेस्रो गोल गर्दै ह्याट्रिक गरेका हुन्।

यसअघि उनले ६० औँ मिनेटमा दोस्रो र १७ औँ मिनेटमा पहिलो गोल गरेका थिए। अल्जेरियाले अहिलेसम्म गोल गर्न सकेको छैन।

अर्जेन्टिना विश्वकपको साविक विजेता पनि हो। विश्वकपको समूह ‘जे’ अन्तर्गत साविक विजेता अर्जेन्टिना र उत्तर अफ्रिकी मुलुक अल्जेरिया आमनेसामने भएका हुन्।  

यसपटक पनि विश्वकपको मुख्य दाबेदार रहेको अर्जेन्टिनाका कप्तान मेस्सीको यो छैटौँ विश्वकप यात्रा हो। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad