अर्जेन्टिनाले अल्जेरियाविरुद्ध दोस्रो गोल गरेको छ।
अर्जेन्टिनी कप्तान लियोनल मेसीले खेलको ६० औँ मिनेटमा दोस्रो गोल गरेका हुन्। त्यसअघि उनले अल्जेरियाविरुद्ध खेलको १७ औँ मिनेटमा पहिलो गोल गरेका थिए।
त्यसपछि ४५ मिनेटको खेल सकिँदासम्म कुनै पनि टोलीबाट दोस्रो गोल हुन सकेन।
दोस्रो हाफको ६० औँ मिनेटमा मेसीले अर्जेन्टिनालाई २– ० को अग्रता दिएका हुन्।
अर्जेन्टिना विश्वकपको साविक विजेता पनि हो। विश्वकपको समूह ‘जे’ अन्तर्गत साविक विजेता अर्जेन्टिना र उत्तर अफ्रिकी मुलुक अल्जेरिया आमनेसामने भएका हुन्।
नेपाली समयअनुसार बुधबार बिहान पौने ७ बजेदेखि सुरु भएको खेल हाल जारी छ।
यसपटक पनि विश्वकपको मुख्य दाबेदार रहेको अर्जेन्टिनाका कप्तान मेस्सीको यो छैटौँ विश्वकप यात्रा हो।
120
Shares

प्रतिक्रिया