सदस्य–सचिव सिलवालले दशरथ रंगशालाको भिआईपी प्याराफिटको छाना निर्माणका लागि अवाश्यक पर्ने सामान बोलपत्र मार्फत जिम्मेवारी लिएका सम्बन्धित कम्पनीले कस्तो अवस्थामा कार्य गदैछन्, सामानको गुणस्तर मापन र ढुवानी मितिको निश्चिताका लागि चीन जान लागेको बताए।
उनले भिआईपी प्यारापीटमा जडान गरिने सिटको निश्चित गर्ने र उद्घाटन समारोहलाई भब्य र सब्य बताउन कुन खालको प्रविधि अपनाउन सकिन्छ, त्यसको जानकारी लिने पनि भ्रमणको उद्देश्य रहेको बताए।
सदस्य–सचिव सिलवालको भ्रमणका अवसरमा नेपाली खेलकुदको विकास र बिस्तारमा चीनीया खेलकुदका उच्च पदाधिकारीसँग छलफल गर्ने कार्यक्रम पनि रहेको छ।
सदस्य–सचिव सिलवाललाई राष्ट्रिय खेलकुद परिषद्को बिभागिय प्रमुख कुलवहादुर थापा,प्रचार प्रसार शाखा प्रमुख दुर्गाप्रसाद दुलाललगायतले अन्तर्राष्ट्रिय एयरपार्टमा बिदाई गरेका थिए।

प्रतिक्रिया