कच्चा वैद्यको मत्रा, यमपुरीको यात्रा भनेजस्तै देखिएको छ काठमाडौं जिल्ला अदालतमा।
भर्खरै पदस्थापन भएका जिल्ला न्यायाधीशमा फौजधारी संहिता र देवानी संहिताबारे प्रस्ट ज्ञान नहुँदा अदालत धाउनेहरू बिचल्लीमा परेका छन्।
गत महिना मात्र पदस्थापना भएका श्रीमानहरू छलफल र बहस त सुन्छन् नै, जब फैसला वा आदेश दिनुपर्ने हुन्छ, तब अलमलमा पर्ने गरेका छन्।
कति न्यायाधीशले त्यहींका अधिकृतलाई ती संहिताबारे सोध्ने गरेका छन्। यो खबर आज भदौ ४ को जनआस्था साप्ताहिकमा छापिएको छ।
यस बखत थप मार पीडितले नै खेप्नुपर्छ जब ती अधिकृतसमेत भर्खर लोकसेवा आयोग पास गरी अदालतमा खटिएका मध्येमा पर्छन्।
आलाकाँचा अधिकृतले संहिताका पाना पल्टाएर मनलागी व्याख्या गरी न्यायाधीशलाई सुनाएकै आधारमा आदेश दिने गरिएको समेत भेटिएको छ।

प्रतिक्रिया