उनी अब फ्रि ट्रान्सफरमै जुनै क्लबमा पनि जान सक्छन्। यद्यपी बार्सिलोनाले मेस्सीलाई क्लबमै राख्न आकर्षक अफरहरु गरिरहेको छ।
तर औपचारिक रुपमा मेस्सी बार्सामै रहन्छन् या रहँदैनन् त्यो टुंगो लागि सकेको छैन।
यसबीचमा फुटबल क्लब पीएसजीका प्रमुख नासर अल–खेलाइफीले मेस्सीलाई पीएसजीमा अनुबन्ध गर्ने प्रयास गरिरहेका छन्।
उनले हालै एक अन्तर्वार्तामा भनेका छन्,‘विश्वका उत्कृष्ट फुटबलरहरु पीएसजीमा आउन चाहन्छन्। तर ती सबैलाई अनुबन्ध गर्न सकिँदैन किनभिने हामीसँग राम्रा खेलाडीहरु पहिल्यैदेखि छन्। तर मेस्सीको विषयमा कुरा गर्दा मेस्सी मेस्सी हुन्, एक राम्रो खेलाडी।’
आफूले बार्साका प्रमुख जोआन लापोर्तासँग मेस्सीको बारेमा कुरा गरेको पनि उनको भनाइ छ।
नासर भन्छन्,‘मैले बार्सा प्रमुख लापोर्तासँग मेस्सीको सम्झौता सकिन लागेको विषयमा कुरा गरेको छु। सम्झौता सकिएपछि मेस्सीलाई आगामी सिजनको लागि जुन क्लबले पनि अनुबन्ध गर्न छलफल गर्नसक्छ।’ मार्का
Shares

प्रतिक्रिया