नयाँ सिजन अब ३२ वर्षका अग्वेरोले कहाँबाट खेल्छन् भनेर केही खुलाएका छैनन्।
तर म्यानचेस्टर सिटीका प्रशिक्षक पेप ग्वार्डिओला जो फुटबल क्लब बार्सिलोनाका पूर्व प्रशिक्षक हुन् उनले अग्वेरोले अब बार्सिलोनाबाट खेल्ने लगभग निश्चित भएको बताएका छन्।
ग्वार्डिओलाले बीबीसीसँग भनेका छन्,‘मेरो मुटुमा रहेको क्लब बार्सिलोनासँग अग्वेरोको सम्झौता पक्का हुन लागेको हुनसक्छ।’
ग्वार्डिओला बार्सिलोनाका पूर्व प्रशिक्षक हुन् साथै अझै उनी सो क्लबसँग नजिक छन्।
अग्वेरो र ग्वार्डिओला
‘अग्वेरोले सबै समयका सर्वश्रेष्ठ खेलाडी मेस्सीसँगै खेल्नेछन्। मलाई पूर्ण विश्वास छ अग्वेरोको उपस्थितीमा बार्सिलोना झनै बलियो बन्नेछ।’ उनी भन्छन्।
ग्वार्डिओलाले सिटीमा अग्वेरोको स्थान कसैले लिन नसक्ने बताउँदै अग्वेरो आफ्नो विशेष खेलाडी भएको पनि बताएका छन्।
मेस्सी र अग्वेरो अर्जेन्टिनाका खेलाडी हुन्। यदी बार्सिलोनाबाट उनीहरुले एक साथ खेलेमा आगामी वर्ष हुने विश्वकपका लागि अर्जेन्टिनालाई फाइदा पुग्ने देखिन्छ।
किनभने एकसाथ लामो समयसम्म खेल्दा खेलाडीको राम्रो तालमेल मिल्छ।
ग्वार्डिओला र मेस्सी

प्रतिक्रिया