राजनीति


गण्डकी प्रदेश सभाको बर्खे अधिवेशन सिफारिस

गण्डकी प्रदेश सभाको बर्खे अधिवेशन सिफारिस

नेपालखबर
जेठ ११, २०७८ मंगलबार १३:८,

गण्डकी सरकारले प्रदेश सभाको बर्खे अधिवेशन जेठ १६ गते आइतबार डाक्न सिफारिस गरेको छ।

मंगलबार बसेको गण्डकीको मन्त्रिपरिषद् बैठकले संविधानको धारा १६६ को उपधारा २ बमोजिमको अधिकार प्रयोग गर्दै संविधानको धारा १८३ को १ बमोजिम प्रदेश प्रमुखसमक्ष अधिवेशनको लागि सिफारिस गरेको सरकार प्रवक्ता रामशरण बस्नेतले जानकारी दिए।

संविधानको धारा १६६ मा प्रदेश प्रमुखको काम, कर्तव्य र अधिकारबारे उल्लेख गरिएको छ भने धारा १८३ को उपधारा १ मा प्रदेश सभाको अधिवेशनको आव्हान र अन्त्यको व्यवस्था गरिएको छ।

प्रदेश सरकारले असार १ गते बजेट ल्याउनै पर्ने बाध्यकारी व्यवस्था छ भने बजेट अधिवेशन कम्तिमा १५ दिनअघि बोलाउनुपर्छ।

यता, गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले यही अधिवेशनमा सदनको बहुमत आफूसँग भएको प्रमाणित गर्नुपर्छ।

गएको वैशाख २९ गते संविधानको धारा १७६ को उपधारा ३ अनुसार ठूलो दलको नेताको हैसियतले मुख्यमन्त्रीको सपथ लिएका उनले १ महिनाभित्र विश्वासको मत लिनैपर्ने बाध्यकारी व्यवस्था छ।

गण्डकीको बजेट अधिवेशन पोखरा सभागृहमा हुँदैछ। मन्त्रिपरिषद् बैठकले सडक सम्बन्धी विधेयकको सैद्धान्तिक स्वीकृति लिने निर्णय पनि गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad