खेल


बार्साले क्लबबाट निकाल्दा असहाय बनेको थिए, तर एथ्लेटिकोले विश्वास गर्‍योः स्वारेज

बार्साले क्लबबाट निकाल्दा असहाय बनेको थिए, तर एथ्लेटिकोले विश्वास गर्‍योः स्वारेज

नेपालखबर
जेठ ९, २०७८ आइतबार ६:४७,

उपाधि होडमा रहेका बलिया रियल मड्रिड, बार्सिलोना र सेभियाजस्ता क्लबलाई पछिपार्दै एथ्लेटिकोले उपाधि हात पारेको हो।

एथ्लेटिकोले ७ वर्षमा पहिलोपटक ला लिगा जितेको हो। साथै यो एथ्लेटिकाको ११ औं ला लिगा उपाधि हो।

एथ्लेटिकोलाई उपाधि दिलाउन सबैभन्दा महत्वपूर्ण भूमिका खेल्नेमध्ये एक लुईस स्वारेज पनि हुन्।

पूर्व बार्सिलोनाका खेलाडी स्वारेज यस सिजन एथ्लेटिकोबाट सबैभन्दा बढी गोल गर्ने खेलाडी हुन्।

साथै २१ गोलसहित यस सिजन ला लिगामा उनी चौथो बढी गोलकर्ता हुन्।

उपाधि पक्का गर्ने अन्तिम खेलमा पनि स्वारेजले रियल भालाडोलिडमाथि निर्णायक गोल गरेका थिए।

खेलपछि स्वारेज निकै भावुक बनेका थिए। उपाधि जितेसँगै उनी रोइरहेको भिडिओ सामाजिक संजालमा भाइरल बनेका छन्।

उनले खेलपछि आँखाभरी आँशु बनाएर भनेका छन्,‘बार्सिलोनाले गत सिजन क्लबबाट निकाल्दा म असहाय बनेको थिए। मेरी श्रीमती, बालबच्चा हामी निकै निराश भएका थियौं।’

बार्सिलोनामा नयाँ प्रशिक्षकको रुपमा रोनाल्ड कोम्यान आएसँगै उनले क्लबमा स्वारेजको खाँचो नभएको बताएका थिए।

Atletico Madrid overwhelm Real Valladolid 2-1 to win their first La Liga  title since 2013-14 » FirstSportz

स्वारेज भन्छन्,‘म निराश र असहाय बनेका बेला मलाई एथ्लेटिको मड्रिडले विश्वास गर्यो। मेरो लागि ढोका खोल्यो।’

दुःखका बेला एथ्लेटिकोले दिएको साथले आफूलाई थप उर्जा मिलेको उनको भनाइ छ। एथ्लेटिकोले ला लिगा उपाधि जित्दा बार्सिलोनाका लियोनल मेस्सी आफूसँग नरिसाउने पनि स्वारेजको भनाइ छ।

उनी भन्छन्,‘मेस्सी मेरा मिल्ने साथी हुन्।’ मार्का

यो पनिः मेस्सीले भविष्यबारे निर्णय नगरी बार्सिलोना छाडे

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad