खेल


विश्वकप फुटबल हरेक दुई वर्षमा आयोजनाका लागि सम्भाव्यता अध्ययन हुने

विश्वकप फुटबल हरेक दुई वर्षमा आयोजनाका लागि सम्भाव्यता अध्ययन हुने

नेपालखबर
जेठ ९, २०७८ आइतबार ६:३६,

विश्व फुटबलको महाकुम्भ विश्वकप फुटबललाई हरेक दुई वर्षमा आयोजना गर्नका लागि सम्भावना अध्ययन गरिने भएको छ।

विश्व फुटबलको सर्वोच्च निकाय (फिफा) को भर्चुअल ७१औंँ कग्रेसले हरेक चार वर्षमा हुँदै आएको विश्वकप फुटबललाई दुई वर्षमा आयोजना गर्न सक्ने सम्भावनाको बारेमा अध्ययन गर्ने अध्यक्ष जियानी इन्फान्टिनोले जानकारी गराएका हुन्।

विश्वकप फुटबल २ वर्षमा गर्नका लािग साउदी अरेबियाले प्रस्तव राखेको थियो। प्रस्तावपछिको मतदानमा २ सय ९ मध्ये १ सय ६६ राष्ट्रले सम्भाव्यता अध्ययन गर्ने पक्षमा मतदान गरेका थिए।

२२ राष्ट्रले यसको विपक्षमा मतदान गरेका थिए।

अन्तर्राष्ट्रिय क्यालेन्डरलाई व्यवस्थापन गर्दै विश्वकपका लागि कसरी समय निकाल्न सकिन्छ भनेर फिफाले अध्ययन गर्ने अध्यक्ष इन्फान्टिनोले बताए। अध्ययनपछि मात्रै फिफाले यसबारेमा थप निणय गर्नेछ।

कांग्रेसमा अध्यक्ष इन्फान्टिनोले सन् २०१८ मा रसियामा भएको विश्वकपमा ६ बिलियन डलर आम्दानी भएको जानकारी गराए। यसअघि सन् २०१४ मा ब्राजिलमा भएको विश्वकपमा ४.८ बिलियन डलर पैसा उठेको थियो।

पुरुषतर्फको विश्वकप २०२२ मा कतारमा तथा महिलातर्फको विश्वकप २०२३ मा अष्ट्रेलिया र न्युजिल्यान्डमा आयोजना हुँदै छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad