खुकुरी नेपाल सुपर लिग (एनएसएल)मा शुक्रबार पोखरा थन्डर्स र काठमाडौ रेजर्स भिड्दै छन्।
काठमाडौको दशरथ रगंशालामा साँझ साढे ५ बजे हुने खेलमा दुवै टोली शीर्षस्थानका लागि लड्दै छन्।
पोखरा आजको खेलमा काठमाडौंलाई हराउँदै अंक तालिकाको शीर्ष स्थानमा उक्लिने दाउमा छ। लिगमा २ खेल खेलेको पोखरा ३ अंकमा तालिकाको चौथो स्थानमा छ।
पोखरा पहिलो खेलमा बुटवल लुम्बिनीसँग २–० ले पराजित हुँदा दोस्रो खेलमा विराटनगर सिटी एफसीलाई १–० ले हराएको थियो।
२ खेलबाट ३ अंक नै बटुलेको काठमाडौ पाँचौ स्थानमा छ। काठमाडौंले पहिलो खेलमा ललितपुरलाई १–० ले हराउँदा दोस्रो खेलमा धनगढीसँग ३–० ले पराजित भएको थियो।
काठमाडौ पनि पोखरालाई पराजित गर्दै शीर्ष स्थानमा उक्लन चाहन्छ।
लिगमा बुटवल सिटी एफसी २ खेलबाट ४ अंकमा शीर्ष स्थानमा रहँदा एक खेल बढी खेलेको धनगढी एफसी ४ अंकमा दोस्रो स्थानमा छ। एक खेल कम खेलेको विराटनगर सिटी एफसी ३ अंकमा तेस्रो स्थानमा छ।
२ खेलबाट २ अंक जोडेको चितवन एफसी छैटौँ स्थानमा रहँदा ३ खेलबाट २ रन भएको ललितपुर सिटी एफसी तालिकाको पुछारमा छ।
एनएसएलमा विराटनगर सिटी फुटबल क्लब, काठमाडौं रेजर्स फुटबल क्लब, ललितपुर सिटी फुटबल क्लब, एफसी चितवन, धनगढी एफसी, पोखरा थन्डर्स र बुटवल लुम्बिनी एफसी सहभागी छन्। लिगको विजेताले ३५ लाख ताथ उपविजेताले १५ लाख रुपैयाँ प्राप्त गर्नेछन्।
प्रतिक्रिया