खेल


चौतर्फी विरोधपछि १२ मध्ये ६ क्लबद्वारा युरोपियन सुपर लिग नखेल्ने घोषणा

चौतर्फी विरोधपछि १२ मध्ये ६ क्लबद्वारा युरोपियन सुपर लिग नखेल्ने घोषणा

नेपालखबर
बैशाख ८, २०७८ बुधबार २:२६,

इंग्लिस प्रिमियर लिगका ६ क्लबले युरोपियन सुपर लिगबाट आफ्नो नाम फिर्ता लिएका छन्। उनीहरूले विज्ञप्तिमार्फत आफूहरू सुपर लिगमा सहभागाी नहुने जानकारी दिएका हुन्।

विज्ञप्तिअनुसार म्यानचेस्टर सिटी, चेल्सी, आर्सनल, लिभरपुल, म्यानचेस्टर युनाइटेड, टोटनह्यामले सुपर लिगबाट हात झिकेका हुन्।

सुरुमा म्यानचेस्टर सिटीले विज्ञप्ति निकालेर आफू युरोपियन सुपर लिगमा सहभागी नहुने बताएको हो। त्यसपछि अन्य क्लबले पनि लिगमा सहभागी नहुने घोषणा गरेका हुन्।

म्यानचेस्टर युनाइटेडले पनि आफ्ना समर्थक, सरकार, अन्य सरोकारवालाको सुझावअनुसार सुपर लिग नखेल्ने निर्णय गरिएको जनाएको छ।

आर्सनलले खुलापत्रमार्फत आफ्ना समर्थकसँग माफीसमेत माग्दै सुपर लिगमा सहभागी नहुने निर्णय गरिएको जानकारी दिएको छ। अन्य क्लबले पनि यस्तै किसिमका धारणा राख्दै लिगमा सहभागी नहुने जनाएका छन्।

यसैबीच यूईएफएका अध्यक्ष एलेक्जेन्डर सेफेरिनले सुपर लिग नखेल्ने क्लबहरूको निर्णयको स्वागत गरेका छन्। उनले भनेका छन्, ‘अब हामी मिलेर अघि बढ्छौं।’

गत आइतबार रियल मड्रिड, बार्सिलोना, आर्सनल, चेल्सी, लिभरपुल, म्यानचेस्टर सिटी, म्यानचेस्टर युनाइटेड, टोटनह्याम, एसी मिलान, एथ्लेटिको मड्रिड, इन्टर मिलान, युभेन्टससहित १२ क्लबको नेतृत्वमा युरोपियन सुपर लिग ईएसएल घोषणा गरिएको थियो।

जुन सामानान्तर प्रतियोगिता भएको भन्दै चौतर्फी विरोध भइरहेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad