समाज


आफन्तको बिदाइ र स्वागतका लागि त्रिभुवन विमानस्थल प्रवेशमा रोक, जारी गरियो यस्ता मापदण्ड

आफन्तको बिदाइ र स्वागतका लागि त्रिभुवन विमानस्थल प्रवेशमा रोक, जारी गरियो यस्ता मापदण्ड

नेपालखबर
बैशाख ८, २०७८ बुधबार २:७,

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले आफन्तको विदाइ र स्वागतका लागि भनेर विमानस्थल परिसरमा नआउन आग्रह गरेको छ।

विमानस्थल कार्यालयले सूचना जारी गर्दै यस्तो आग्रह गरेको हो। कोरोना सङ्क्रमण फैलिएको अहिलेको परिस्थितिमा विमानस्थल हाताभित्र बिदाइ कार्यक्रमलाई निरुत्साहित गरिएको विमानस्थल कार्यालयले जनाएको छ।

अत्यावश्यक अवस्था भन्दा बाहेक विमानस्थल हाताभित्र प्रवेश नगर्न पनि कार्यालयले सबैमा अनुरोध गरेको छ। कोरोना सङ्क्रमणबाट बच्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जारी गरेको मापदण्ड पालन गर्न कार्यालयले सबैलाई आग्रह गरेको छ।

विमानस्थलमा आवतजावत गर्दा मास्क अनिवार्य लगाउनुपर्ने, शरीरको तापक्रमको मापन गरेर मात्र टर्मिनल भवन प्रवेश गर्नुपर्ने, सेनिटाइजरको प्रयोग गर्नुपर्ने, लाइनमा रहँदा भीडभाड नगरी साङ्केतिक पाइला पछ्याउनुपर्नेजस्ता मापदण्ड पालना गर्न विमानस्थल कार्यालयले अनुरोध गरेको छ।

त्यसैगरी अन्तर्राष्ट्रिय हवाई यात्रुले अनिवार्य प्रस्थान फारम भर्नुपर्ने, आन्तरिक हवाई यात्रुले आन्तरिक यात्रा फारम भरेर सम्बन्धित वायुसेवा कम्पनीलाई बुझाउनुपर्ने लगायतका नियम पनि विमानस्थल कार्यालयले लागू गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad