खेल


ला लिगा जित्ने होडमा रहेका बार्सा र रियल मड्रिडबीच आज महत्वपूर्ण खेल हुँदै

ला लिगा जित्ने होडमा रहेका बार्सा र रियल मड्रिडबीच आज महत्वपूर्ण खेल हुँदै

नेपालखबर
चैत २८, २०७७ शनिबार ११:३४,

लिगमा २९ औं चरणको खेल पुरा भइसक्दा लिग लिडर एथ्लेटिकोको ६६, दोस्रो स्थानको बार्सिलोनाको ६५ र तेस्रो स्थानको रियल मड्रिडको ६३ अंक छ।

यसबीचमा आज शनिबार राति लिग जित्ने होडमा रहेका बार्सिलोना र रियल बड्रिडबीच प्रतिस्पर्धा हुँदैछ।

यो एल–क्लासिको भिडन्त नेपाली समयअनुसार आज राति १२ बजेर ४५ मिनेटमा रियलको घरेलु मैदानमा हुनेछ।

यी दुई बीचको खेलमा बार्साले खेल जिते उ लिगको शीर्ष स्थानमा उक्लनेछ। तर यदी रियलले खेल जितेमा उसले शीर्ष स्थानको एथ्लेटिकोसँग अंक बराबरी गर्नेछ।

खेलमा कुनैपनि टोली हारेको खण्डमा उसलाई उपाधि होडमा धक्का लाग्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad