खेल


महिला भलिबलतर्फ एपीएफलाई हराउँदै न्यु डायमन्ड फाइनलमा

महिला भलिबलतर्फ एपीएफलाई हराउँदै न्यु डायमन्ड फाइनलमा

नेपालखबर
चैत २५, २०७७ बुधबार ७:५२,

विभागीय नेपाल एपीएफ क्लबलाई पराजित गर्दै होङ्गान्जी न्यु डायमन्ड स्पोर्ट्स क्लब पाँचौ संस्करणको आरबीबी एनभिए कप राष्ट्रिय महिला तथा पुरुष क्लब लिग भलिबलको महिलातर्फको फाइनलमा प्रवेश गरेको छ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद ९राखेप० को कभर्डहलमा बुधबार भएको लिग चरणको अन्तिम उपाधिको बलियो दावेदार नेपाल एपिएफ क्लबलाई ३–१ को सेटमा पराजित गर्दै फाइनलमा पुग्न सफल भएको हो।

पहिलो सेटमा डायमन्ड २५–२१ ले विजयी भएको थियो। दोस्रो सेटमा राम्रो सुरुवातसहित अंक बटुलेको डायमन्डले २२–१९ को अग्रता लिँदै जितनजिक पुगे पनि लगातार अंक गुमाए पनि २६–२४ को जित निकाल्न सफल भएको थियो।

तेस्रो सेटमा कमजोर प्रदर्शन गरेको डायमन्डले १४–२५ ले सेट गुमाएको थियो । चौथो सेटमा सुरुवातमा पछि परेपनि उत्कृष्ट पूनरागमन गर्दै डायमन्डले २५–२१ ले आफ्नो पक्षमा पार्दै फाइनलमा पुग्न सफल भयो।

डायमन्डले ५ खेलबाट १३ अंक जोड्यो। दोस्रो स्थानमा रहेको पुलिसले ५ खेलबाट ११ अंक जोड्यो।

अब उपाधिका लागि बिहीबार नेपाल पुलिस क्लबको सामना गर्नेछ। पुलिसले बुधबारै आर्मीलाई ३–० को सोझो सेटमा हराउँदै फाइनलमा पुग्न सफल भएको थियो।

प्रतियोगितामा पुरुषतर्फ ७ तथा महिलातर्फ ६ टोलीको सहभागिता छ। लिगपछि शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ।

प्रतियोगिताको पुरुष र महिला दुवैतर्फको विजेताले ३ लाख रुपैयाँ हात पार्नेछन्। दोस्रो हुनेले १ लाख ७५ हजार, तेस्रोले ७५ हजार तथा चौथो हुने टोलीले ३७ हजार ५ सय प्राप्त गर्नेछन्।

प्रतियोगिताको सर्वोत्कृष्ट पुरुष र महिला खेलाडीले समान २५–२५ हजार प्राप्त गर्नेछन् । व्यक्तिगत विधाका उत्कृष्ट लिवेरो, स्पाइकर, ब्लकर, सर्भर, सेटर र प्रशिक्षकले जनही १०–१० हजार हात पार्नेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad