राजनीति


माओवादीले गण्डकी प्रदेश सरकारमा सहभागी मन्त्रीलाई फिर्ता बोलायो, आजै राजीनामा दिने

माओवादीले गण्डकी प्रदेश सरकारमा सहभागी मन्त्रीलाई फिर्ता बोलायो, आजै राजीनामा दिने

नेपालखबर
चैत २५, २०७७ बुधबार ७:३७,

नेकपा माओवादी केन्द्रले गण्डकी प्रदेश सरकारमा सहभागी आफ्नो पार्टीका दुई मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेको छ।

बुधबार बिहान बसेको गण्डकी प्रदेश संसदीय दलको बैठकले सरकारमा सहभागी आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमान र भूमिव्यवस्था, कृषि तथा सहकारीमन्त्री लेखबहादुर थापालाई फिर्ता बोलाउने निर्णय गरेको संसदीय दलका नेता रामजी बरालले जानकारी दिए।

‘आज बिहान बसेको संसदीय दलको बैठकले प्रदेश सरकारमा सहभागी पार्टीका दुवै मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेको छ’, बरालले नेपालखबरसँग भने, ‘आजै मन्त्रीलेहरुले राजीनामा दिनुहुन्छ।’

उनले मन्त्रीहरुले राजीनामा दिए पनि सरकारलाई दिएको समर्थन भने यथावत नै राखेको बताए। ‘मन्त्रीहरुले राजीनामा दिए पनि सरकारले दिएको समर्थन भने तत्काल फिर्ता हुँदैन्’, उनले भने।

६० सदस्यीय गण्डकी प्रदेश सभामा एमालेका २७ र माओवादी केन्द्रका १२ सांसद छन्। माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिए पनि उसको नेतृत्वमा तत्काल सरकार बन्ने अवस्था छैन। एमाले एक्लैको बहुमत नपुगे पनि उसले राष्ट्रिय जनमोर्चालाई साथमा लिएमा सरकार जोगिन्छ। गण्डकीमा राजमोका ३ सांसद रहेका छन्।

गण्डकीमा नेपाली कांग्रेसका १५ र जनता समाजवादीका २ सांसद छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad