खेल


यूईएफए : क्वार्टरफाइनलको पहिलो लेगमा रियलसँग हार्‍यो लिभरपुल

यूईएफए : क्वार्टरफाइनलको पहिलो लेगमा रियलसँग हार्‍यो लिभरपुल

नेपालखबर
चैत २५, २०७७ बुधबार ३:१८,

इंग्लिस क्लब लिभरपुल यूईएफए च्याम्पियन्स लिगको क्वार्टरफाइनलको पहिलो लेगमा रियल मड्रिडसँग पराजित भएको छ।

मगंलबार राति अल्फ्रेडो डि स्टेफानोमा भएको खेलमा घरेलु टोली रियलले लिभरपुललाई ३–१ गोल अन्तरले हराएको हो। 

रियलको जितमा भिनिसियस जुनियरले दुई तथा मार्को एसेन्सियोले एक गोल गरे। लिभरपुलका मोहम्मद सलाहले एक गोल फर्काए।

खेलको २७औं मिनेटमा भिनिसियसले गोल गर्दै रियललाई १–० ले अग्रता दिलाएका थिए। ३६औं मिनेटमा मार्को एसेन्सियाले गोल गर्दै रियलको अग्रता दोब्बर पारे। ५१औं मिनेटमा मोहम्मद सलाहले गोल गर्दै खेललाई २–१ को अवस्थामा ल्याएका थिए। ६५औं मिनेटमा भिनिसियस जुनियरले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गर्दै रियलको जित निश्चित गरे।

जितसँगै रियलको अन्तिम ४ मा पुग्ने सम्भावना बलियो भएको छ। दोस्रो लेगमा पनि रियलले यही लयलाई निरन्तरता दिए सेमिफाइनलमा स्थान बनाउनेछ। दोस्रो लेग १५ अप्रिलमा एनफिल्डमा हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad