नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार एवं एमालेका केन्द्रीय सदस्य सूर्य थापाले असन्तुष्ट पक्षका नेतालाई पार्टीका पक्षमा गोलबन्द हुन आह्वान गरेका छन्।
अध्यक्ष ओलीको कार्यशैली र कारबाहीबाट रुष्ट माधव नेपाल समूहले धमाधम समानान्तर कमिटी घोषणा गर्न थालेपछि प्रेस सल्लाहकार थापाले बुधबार बिहान सामाजिक सञ्जालमार्फत त्यसले अन्ततः पार्टीलाई अन्यकै पोल्टामा पुर्याउने भन्दै सजग गराएका हुन्।
तसर्थ एमाले, जबज र सूर्य चिन्हका पक्षमा गोलबन्द भएर नै विभाजनको समस्या समाधान गर्न सकिने उनको विश्वास छ।
‘समानान्तर कमिटीहरूको घोषणाले अन्ततः माओवादी र प्रचण्डको पोल्टामा नै पुर्याउने निश्चितप्रायःछ,’ थापाले भनेका छन्, ‘नेकपा (एमाले), जबज र सूर्य चिह्नका पक्षमा गोलबन्द भएर नै विभाजनको समस्या समाधान हुन्छ। जनता दुई कदमअगाडि स्पष्ट छन्। केही नेताको कुण्ठा र विखण्डनका पछि लाग्ने भूल कसैले नगरौं।’


प्रतिक्रिया