नेपाली राष्ट्रिय टोलीका कप्तान तथा गोलरक्षक किरण चेम्जोङ एएफसी इन्टरनेशनल ‘प्लेयर अफ द विक’ बनेका छन्।
एसियाली फुटबल महासंघले बिहीबार सार्वजनिक गरेकोे मार्च अन्तिम साताका उत्कृष्ट खेलाडीहरुमध्ये सर्वाधिक मत प्राप्त गरी किरण ‘एएफसी प्लेयर अफ द विक’ बनेका हुन्।
किरणले ५५ दशमलव ६९ प्रतिशत मत प्राप्त गरे। यो सफलता हात पार्ने किरण पहिलो नेपाली खेलाडी हुन्।
पछिल्लो साता अन्तर्राष्ट्रिय फुटबलमा गरेको प्रदर्शनका आधारमा उनीहरूलाई छनोट गरिएको एएफसीले जनाएको छ। पछिल्लो साता नेपालले घरेलु मैदानमा थ्री नेसन्स कप खेलेको थियो। किरणको कप्तानीमा नेपालले उपाधि नै जितेको थियो।
समूह चरणमा किर्गिस्तानको यू–२३ र बंगलादेशी टोलीसँग क्लिनसिट राखेका किरणले फाइनलमा बंगलादेशसँग एक गोल मात्र खाएका थिए।
Moment to cherish again won top 10 Asian player of the week. This year has been really lucky for me. I’m glad that we...
मनोनयनमा परेका खेलाडीहरुलाई एएफसीको वेबसाइटमार्फत भोट गर्न सकिने व्यवस्था गरेको थियो। साेहीअनुसार सर्वाधिक भोट पाएर किरण विजेता चयन भएका हुन्। दोस्रो स्थानमा रहेका साउदी अरवका सलेह अल सेहरीले २० दशमलव ७२ प्रतिशत मत पाउँदा तेस्रो स्थानमा रहेका इराकका अला अली मवाइले १०.१६ प्रतिशत मत पाए।
चौथो स्थानमा इरानका सरदार अजमोन रहे। उनले ७ दशमलव ५१ प्रतिशत मत पाए। भोटिङको पुछारमा ताजकिस्तानका नका अलिसेर जालिलोभ रहे। उनले शुन्य दशमलव ३ प्रतिशत मत प्राप्त गरे।
‘एएफसी इन्टरनेसनल प्लेयर अफ द विक’ मा किरणसँगै यूएईका अली माबखोत, कतारका मोहम्मद मुन्तरी, जापानका युया ओसाका, इरानका सरदार अजमोन, साउदी अरेबियाका सालेह अल सेहरी, इराकका अला अली मवाई, बहराइनका मोहमद मरहुन, जोर्डनका मुसा अल तामरी, ताजिकिस्तानका नका अलिसेर जालिलोभ मनोनयनमा परेका थिए।

प्रतिक्रिया