खेल


वैशाखमा हुने नेपाल सुपर लिग फुटबलमा यी ७ टोली भिड्ने

वैशाखमा हुने नेपाल सुपर लिग फुटबलमा यी ७ टोली भिड्ने

नेपालखबर
चैत १, २०७७ आइतबार १०:३५,

पहिलोपटक हुनलागेको नेपाल सुपर लिगमा भिड्ने सात टोलीको टुंगो लागेको छ।

सुपरलिगमा विराटनगर सिटी फुटबल क्लब, काठमाडौं रेजर्स फुटबल क्लब, ललितपुर सिटी फुटबल क्लब, एफसी चितवन, पोखरा थन्डर्स, बुटवल लुम्बिनी एफसी र धनगढी एफसीबीच प्रतिस्पर्धा हुने भएको हो।

विराटनगर सिटी एफसीको अध्यक्षमा अनुप रञ्जन भट्टराई, काठमाडौंमा चिरञ्जीवी शाह छन्। भाटभटेनी सुपरमार्केटले ललितपुरको टोली हेर्नेछ जसको डाइरेक्टरमा कामना गुरुङ छिन्।

चितवनको टोलीमा व्यवसायी चन्द्र ढकालको लगानी छ। पोखराको मालिकमा लक्ष्मी हुन्डाईका निराकार श्रेष्ठ, बुटवलको स्वामित्व राजकुमार तिमल्सीनासँग रहँदा धनगढीको टिमलाई सुबास शाहीले हेर्नेछन्।

सिंगल राउन्ड रोबिनमा हुने सुपर लिगको लागि यही ६ गते अक्सन हुनेछ।

वैशाख ११ देखि २५ गतेसम्म काठमाडौंको दशरथ रंगशालामा सुपरलिगका खेल सञ्चालन हुनेछन्।

२०१९ जनवरी १ मा एनएसएल आयोजना गर्ने घोषणा गरिएको २ वर्षपछि यसले मूर्त रूप पाउनलागेको हो।

सुपरलिगमा अखिल नेपाल फुटबल संघ एन्फाले प्राविधिक सहयोग गर्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .