समग्र लेगमा ४–४ गोलको बराबरी खेले पनि पोर्टोसँग युभेन्टसले होममा धेरै गोल खाएका कारण पराजय व्यहोरेको हो।
मंगलबार राति रोनाल्डोको टोली बाहिरिएसँगै यतिबेला अर्का स्टार खेलाडी लियोनल मेस्सीको टोली बार्सिलोनाको अवस्था च्याम्पियन्स लिगमा कस्तो होला भनेर चर्चा हुन थालेको छ।
पाँच पटकको च्याम्पियन्स लिग विजेता बार्सिलोना एकपटक पनि उपाधि नजितेको पीएसजीसँग पहिलो लेगमा ४–१ ले पराजित भएको थियो।
बुधबार राति १ बजेर ४५ मिनेटमा पीएसजीको होममा दोस्रो लेग खेल हुँदैछ। बार्साको अवस्था कमजोर छ किनभने बार्सा बलियो पीएसजीसँग ३ गोलले पछि छ। साथै बार्साले सबै गोल आफ्नै घरेलु मैदानमा खाएको हो।
धेरैले बार्सिलोना पीएसजीसँग पराजित भएर च्याम्पियन्स लिगबाट बाहिरिने अनुमान गरिरहेका छन्। पहिलो लेगमा पीएसजीका स्टार एम्बाप्पेले ह्याट्रिक नै हानेका थिए।
पहिलो लेगमा स्टार नेमार जुनिएर घाइते भएका कारण उपस्थित थिएनन्। दोस्रो लेगमा पनि उनको चोट निको भइसकेको छैन, उनले आजको खेल पनि गुमाउने छन्।
एमबाप्पे
नेमार नखेल्ने भएपछि बार्सालाई केही राहत त मिलेको छ तर पहिलो लेगमा बार्सामाथि एमबाप्पे एक्लै भारी भएका थिए।
त्यसमाथि अहिले हुन लागेको खेल पीएसजीकै मैदानमा हुँदैछ। ३ गोल तथा अवे गोलको भारी बोकेको बार्साले निकै उत्कृष्ट खेल नतिजा निकाले मात्र च्याम्पियन्स लिगको आगामी चरणमा पुग्नेछ।
त्यसका लागि बार्साले बुधबारको खेलमा पीएसजीमाथि ४–० अथवा योभन्दा माथिको गोल अन्तरको जित निकाल्नै पर्ने हुन्छ।
योभन्दा कम गोल अन्तरले बार्साको च्याम्पियन्स लिग सपना अधुरो हुनेछ।
Shares

प्रतिक्रिया