राजनीति


सरकारलाई दिएको समर्थन तत्काल फिर्ता नलिने माओवादी केन्द्रको निर्णय

सरकारलाई दिएको समर्थन तत्काल फिर्ता नलिने माओवादी केन्द्रको निर्णय

नेपालखबर
फागुन २६, २०७७ बुधबार ७:९,

नेकपा माओवादी केन्द्रले तत्काल केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता नलिने निर्णय गरेको छ।

बुधबार पार्टी केन्द्रीय पेरिसडाँडामा बसेको स्थायी समिति बैठकपछि पत्रकारसँग कुरा गर्नै उपाध्यक्ष नारायणकाजी श्रेष्ठले तत्काल सरकारलाई दिएको समर्थन फिर्ता नलिने निर्णय भएको बताए।

‘सरकारलाई दिएको समर्थन फिर्ता लिनेबारे थप निर्णय गरेका छैनौँ’, उपाध्यक्ष श्रेष्ठले भने, ‘प्रधानमन्त्रीले नैतिकतामा आधारमा राजीनामा दिनुपर्ने थियो। सर्वोच्चको पछिल्लो फैसलापछि प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने थियो। अन्य दलसँग सहमति गरेर एउटा निष्कर्षमा पुग्नका लागि हामीले गृहकार्य गरिरहेका छौँ।’

उनले प्रतिनिधि सभा विघटन गर्ने असंवैधानिक कदमलाई सच्याएर संविधानलाई लिकमा ल्याउने काम भएको बताउँदै संसदले दुई वर्ष काम गर्न पाउनुपर्छ भन्नेमा आफूहरु रहेको बताए।

‘संसद् दुईवर्ष चल्नुपर्छ, यो संसदले सरकार दिनुपर्छ’, प्रवक्ता श्रेष्ठले भने, ‘त्यसैले हामीले प्रमुख प्रतिपक्षी लगायत प्रतिपक्षी दलहरुसँग सरकार गठनबारे वार्ता गरिरहेका छौँ। अन्य विकल्पलाई पनि खुला राखेका छौँ।’

बैठकले कांग्रेस र जसपासँग भएको वार्ताका बारेमा अध्यक्ष प्रचण्डले जानकारी दिनुका साथै अन्य पार्टीसँग वार्ता गर्ने जानकारी दिएको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad