खेल


मेयर्स कपमा आर्मीविरुद्ध पुलिसको ३ विकेटको जित

मेयर्स कपमा आर्मीविरुद्ध पुलिसको ३ विकेटको जित

नेपालखबर
फागुन २५, २०७७ मंगलबार ७:३९,

काठमाडौं मेयर्स कप एक दिवसीय क्रिकेट प्रतियोगिता विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै नेपाल पुलिस क्लवले दोस्रो जित दर्ता गरेको छ।

पुलिस क्लबसँग ३ विकेटले पराजित भएको त्रिभुवन आर्मी क्लवको फाइनल चरणको यात्रा कठिन बनेको छ।

आर्मीले दिएको ८८ रनको लक्ष्य नेपाल पुलिस क्लवले १८ दशमलव ३ ओभरमा ७ विकेट गुमाउँदै भेट्टायो।

आर्मीका सुनिल धमालाले ३९ र दिलीप नाथले १५ रनको योगदान दिए। पवन सर्राफ २२ र सागर ढकाल शुन्य रनमा नटआउट रहे। ६ ब्याट्सम्यानले दोहोरो अंकको स्कोर छुन सकेनन्।

आर्मीका शाहव आलमले घातक बलिङ गरेपनि टोलीलाई कम स्कोरमा रोक्न सकेनन्। ९ ओभर बलिङ गरेका आमलले १ मेडन राख्दै ७ विकेट लिए।

त्यसअघि मुलपानी क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको त्रिभुवन आर्मी क्लव ३० दशमलव १ ओभरमा ८७ रन जोड्दा अलआउट भयो।

नेपाल पुलिस क्लवसामु निरिह देखिएको आर्मीका लागि लोकेस बमले जोडेको ३२ रन नै सर्वाधिक रह्यो। कमजोर ब्याटिङ गरेको आर्मीका लागि विक्रम सोव १४ र रोहित पौडेल १३ ले मात्र दोहोरो अंकको स्कोर छुन सके।

अन्य ७ ब्याट्सम्यानले दोहोरो अंकको स्कोर छुन सकेनन्। साहब आलम १ रनमा नटआउट रहे।

आर्मीलाई कम स्कोरमा रोक्न नेपाल पुलिस क्लवका सागर ढकाल एक्लैले ५ विकेट झारे। १० ओभर बलिङ गरेका सागरले २ मेडन राख्दै ४० रन खर्चे। पवन सर्राफले ३ तथा ललित राजवंशीले २ विकेट लिए। पवनले आफ्नो स्पेलमा ५ मेडन राख्दै मात्र १४ रन खर्चे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad