राजनीति


मणि थापाकाे स्पष्टाेक्तिः केपी ओली पक्षमा आएका हामी फेरि माओवादी केन्द्रमा फर्किँदैनौँ (भिडिओ)

मणि थापाकाे स्पष्टाेक्तिः केपी ओली पक्षमा आएका हामी फेरि माओवादी केन्द्रमा फर्किँदैनौँ (भिडिओ)

नेपालखबर
फागुन २५, २०७७ मंगलबार ७:३५,

नेपाल कम्युनिष्ट पार्टी(नेकपा) को आन्तरिक राजनीतिमा पूर्वमाओवादी केन्द्रका नेताहरु प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा उभिएपछि गठबन्धन अप्रत्याशित बन्यो।

यसै गठबन्धनमा पुगेका मणिचन्द्र थापा अहिले खानेपानी तथा सरसफाइ मन्त्री छन्।

संघीय संसदको सांसद समेत नरहेका मन्त्री थापा आफ्नो राजनीतिक भविष्य केपी ओली नेतृत्वको समूहबाट अगाडि बढाउने निष्कर्षमा पुगेका छन्।

सर्वोच्च अदालतको पछिल्लो निर्णयबाट नेपाली राजनीतिको मोड फरक दिशामा जाने देखिन्छ। यसै सन्दर्भमा नेता तथा मन्त्री मणिचन्द्र थापाले संक्षिप्त कुराकानी गर्दै नेपालको राजनीति केपी ओलीको नेतृत्वबाट नै अगाडि बढ्न सम्भव रहेको बताए।

राष्ट्रवाद, देश विकास र स्थायित्व प्रधानमन्त्री ओलीबाट मात्र सम्भव भएकोले पूर्वमाओवादीबाट ओली पक्षमा आउनुभएका नेताहरु माओवादी पार्टीमा नफर्किने पनि बताए।

कुराकानीको क्रममा अबको राजनैतिक निकास निर्वाचनबाट मात्र सम्भव भएकोले देश निर्वाचनमा जानुपर्ने बताए। राजनैतिक दलहरु सरकार फेरबदल गर्ने गठबन्धन बनाउनेभन्दा पनि निर्वाचनको लागि तयार हुनुपर्ने उनको भनाइ छ।

भिडिओमा सुन्नुहोस् – 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad