मेयर्स कप क्रिकेट प्रतियोगितामा काठमाडौ मेयर्स ११ ले त्रिभुवन आर्मी क्लबसामु १ सय ५६ रनको लक्ष्य प्रस्तुत गरेको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सोमबार आर्मीले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको काठमाडौ ४२ दशमलव १ ओभरमा १ सय ५५ रन जोड्दा अलआउट भयो।
मध्यम सुरुवात गरेको काठमाडौका लागि सौरभ खनालले सर्वाधिक ४२ रन जोडे। सन्दीप रजालीले ३७, खडक बोहोराले १९, हरिशंकर शाहले १८ रन थपे। कप्तान सन्दीप लामिछानेले १३ रन जोडे। पाँच ब्याट्सम्यान शुन्य रनमा आउट हुँदा विपिन रावलले ६ रन थपे।
काठमाडौलाई कम स्कोरमा रोक्न आर्मीका शाहब आलम एक्लैले ४ विकेट लिए। उनले आफ्नो स्पेलमा १ मेडन राख्दै ३९ रन खर्चे। जितेन्द्र मुखियाले ३ विकेट झारे।
१० ओभर बलिङ गरेका उनले ३ मेडन राख्दा ३८ रन दिए। विक्रम शोब, कुशल मल्ल र सोमपाल कामीको नाममा एक एक विकेट रह्यो।
आर्मीले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ।

प्रतिक्रिया