कारोबार


संसारकै धनी बेजोससँग डिभोर्सको २ वर्षपछि म्याकेन्जीले गरिन् शिक्षकसँग विवाह

संसारकै धनी बेजोससँग डिभोर्सको २ वर्षपछि म्याकेन्जीले गरिन् शिक्षकसँग विवाह

नेपालखबर
फागुन २४, २०७७ सोमबार ७:२७,

अर्बपति म्याकेन्जी स्कटले विज्ञान शिक्षकसँग विवाह गरेकी छिन्।

संसारकै धनी जेफ बेजोससँग डिभोर्स भएको २ वर्षपछि म्याकेन्जीले डान जिवेटसँग विवाह गरेकी हुन्।

उनी संसारका धनी महिलामध्ये एक हुन्। उनले कुल सम्पत्तिमध्ये चार अर्ब अमेरिकी डलरभन्दा धेरै दानमै खर्च गरेकी छिन्।

फोर्ब्स म्यागजिनका अनुसार स्कटसँग ५३ अर्ब डलरभन्दा धेरै सम्पत्ति छ।

पूर्वपत्नीको विवाहमा बेजोस पनि खुसी देखिएका छन्।

उनले एक वक्तव्यमा भनेका छन्, ‘डान ठूलो मान्छे हो, दुवैको लागि म औधी खुसी छु।’

बेजोस र स्कट २५ वर्षसम्म वैवाहिक सम्बन्धमा रहेका थिए। स्कटले सन् १९९४ मा अमेजन स्थापनामा बेजोसलाई महत्वपूर्ण सहयोग गरेको बीबीसीले जनाएको छ।

उनीहरुको सम्बन्धविच्छेद सन् २०१९ मा भएको थियो। त्यतिबेला बेजोसको अमेजनमा १६ प्रतिशत सेयर रहेको थियो। सम्बन्धविच्छेदपछि स्कटले ४ प्रतिशत सेयर पाएकी थिइन्। त्यतिबेला बेजोस संसारकै धनी थिए।

अहिले भने टेस्लाका मालिक एलन मस्कसँग बेजोसको प्रतिस्पर्धा हुने गरेको छ।

स्कट अहिले संसारकै २२औँ धनी छिन् भने बेजोस १ खर्ब ७७ अर्ब डलरसहित संसारकै धनी छन्।

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad