मन्त्रिपरिषद बैठक सुरु भएको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा साँझ ५ बजेबाट मन्त्रिपरिषद बैठक सुरु भएको एक मन्त्रीले जानकारी दिए।
‘बैठक सुरु भएको छ, बैठकअघि एजेन्डा केही खुलाइएको छैन’, ती मन्त्रीले नेपालखबरसँग भने।
सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटन गर्ने सरकारको निर्णय बदर गरेपछि पहिलोपटक मन्त्रिपरिषद बैठक बस्न लागेको हो।
बैठकले बैठकले प्रतिनिधिसभा बैठक आह्वानका लागि राष्ट्रपति कार्यालयलाई सिफारिस पठाउन सक्ने सम्भावना रहेको ती मन्त्री बताए।
त्यस्तै विप्लव नेकपामाथिको प्रतिबन्ध फुकुवा गर्ने सम्भावना पनि रहेको ती मन्त्रीले बताए।
अदालतले प्रतिनिधि सभा विघटन गर्ने निर्णय बदर गर्दै १३ दिनभित्र संसद् बैठक बोलाउन आदेश दिएको थियो।

प्रतिक्रिया