खेल


युरोपा लिगबाट बाहिरिए नेपोली र सिटी

युरोपा लिगबाट बाहिरिए नेपोली र सिटी

नेपालखबर
फागुन १४, २०७७ शुक्रबार ३:११,

इटालियन क्लब नेपोली र इङ्ग्लिस क्लब लेस्टर सिटी युरोपा लिगको राउन्ड अफ ३२ चरणबाटै बाहिरिएका छन्।

बिहीबार राति भएको खेलमा घरेलु मैदानमा ग्रानडालाई २–१ ले हराए पनि समग्रमा ३–२ को हार भोग्दै नेपोली बाहिरिएको हो। खेलको तेस्रो मिनेटमै पिटर जिलेन्सकीले गोल गर्दै अग्रता दिलाए। तर २५औं मिनेटमा एन्जल मोन्टोरोले गोल गर्दै खेललाई बराबरीमा ल्याए। ५९औं मिनेटमा फाबियानले गोल गरे। नेपोलीले थप गोल गर्न नसकेपछि ग्रानडाले अन्तिम १६ मा स्थान बनाएको हो।

गएराति नै भएको अर्को खेलमा स्लाभिया प्रागविरुद्ध पहिलो लेग गोलरहित बराबरी खेलेको लेस्टर सिटी घरेलु मैदानमा २–० ले पराजित भएपछि युरोपा लिगबाट बाहिरिने अर्को टोली बनेको छ।

city11

एसी मिलानले भने रेड स्टार बेलग्रेडसँग १–१ को बराबरी खेल्दै अन्तिम १६ मा स्थान पक्का गरेको छ। पहिलो लेगमा २–२ को बराबरी भएपछि मिलान अवे गोलका आधारमा अघि बढेको हो। आयाक्सले लिलविरुद्ध २–१ को जितसहित समग्रमा ४–२ को अग्रता लिँदै अर्को चरणमा प्रवेश गर्दा उता आर्सनलले घरेलु मैदानमा बेन्फिकालाई ३–२ ले हराउँदै समग्रमा ४–३ को जितसहित प्रि-क्वाटरफाइनलमा स्थान बनाएको छ।

यता बायर लेभरकुसन भने योङ ब्वाइजसँग लगातार हार खाँदै अघिल्लो चरणमा स्थान बनाउन सकेन।

गएराति नै भएको खेलमा म्यानचेस्टर युनाइटेडले रियल सोसिडाडसँग गोलरहित बराबरी खेले पनि पहिलो लेगको ४–० को जितका आधारमै अन्तिम १६ मा स्थान बनाएको छ। एएस रोमाले ब्रागालाई ३–१ को जितसँगै समग्रमा ५–१ ले पराजित गर्दै अन्तिम १६ मा स्थान बनायो।

डिनामो किएभले क्लब ब्रुगको मैदानमा १–० को जित दर्ता गर्दै समग्रमा २–१ को अग्रता लिँदै अघिल्लो चरणमा स्थान बनायो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad