खेल


प्रधानमन्त्री कप क्रिकेटः लुम्बिनीद्वारा प्रदेश २ पराजित

प्रधानमन्त्री कप क्रिकेटः लुम्बिनीद्वारा प्रदेश २ पराजित

नेपालखबर
माघ ६, २०७७ मंगलबार ११:२१,

प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेशले प्रदेश २ लाई ७८ रनले पराजित गरेको छ।

लुम्बिनीले दिएको २ सय ५८ रनको लक्ष्य पछ्याएको प्रदेश २, ४२ दशमलव ४ ओभरमा १ सय ८० रन जोड्दा अल आउट भयो।

विवेक यादवले ५१ रनको महत्वपुर्ण योगदान दिए। ४९ बलको सामना गरेका यादवले ३ छक्का र ३ चौका हाने। प्रदेश २ का सुधिर चौधरीले ४२, महबुब आलमले ३१ तथा हरिशंकर शाहले २२ रनको योगदान दिए। अन्य ६ ब्याट्सम्यानले दोहोरो अंकको स्कोर छुन सकेनन्।

१० ओभर बलिङ गरेका लुम्बिीनीका अनिल खरेलले २ मेडन राख्दै २९ रन खर्चे। दिपेन्द्र रावत र विक्रम भुषालले समान २ तथा अमित तामाङ, कृष्ण कार्कीको नाममा एक–एक विकेट रह्यो।

त्यसअघि त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको लुम्बिनीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ५७ रनको योगफल तयार पारेको थियो।

चौथो विकेटका लागि सन्दीप रजाली र सौरभ खनालले ९५ रनको साझेदारी गर्दै टोलीको इनिङस् उकासेका थिए। लुम्बिनीका सन्दीप रजालीले १ सय ७ बलमा ११ चौका सहित सर्वाधिक ८३ रनको योगदान दिए। सौरभ खनालले ६४ बलमा ५ चौका र ३ छक्का सहित ५६ रनमा आउट भए।

विक्रम भुषाल ३६, कृष्ण कार्की १०, अनिल खरेल ६ र अमित तामाङले ११ रनको योगदान गरे।

प्रदेश २ का हरि शंकर शाहले आफ्नो स्पेलमा ४८ रन खर्चेर ३ विकेट लिए। दिब्यान्सु मलिकले १० ओभरमा १ मेडन सहित ४५ रन खर्चेर २ विकेट लिए। सैफुल्लाह अन्सारी, कुमार थापा र विशाल शुश्लिङले १–१ विकेट लिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad